काठमान्डौं- लोक तथा दोहोरी गायिका सुशिला बिष्टले “कलसैमा ध्वजा” बोलको नयाँ गीत सांगीतिक बजारमा सार्वजानिक छन्। उक्त गीतमा नवराज गौतमको उत्कृष्ट संगीत रहेको छ भने एरेन्ज विष्णु तामाङले गरेका छन्। गीतका शब्द शरण हुमागाइँले लेखेका हुन्। गीतमा गायिका सुशिला बिष्ट स्वयं र गायक शरण हुमागाइँको स्वर सुन्न सकिन्छ।


मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको भिडियो निर्देशन मिलन श्रेष्ठले गरेका छन्। भिडियोमा राजाराम सिम्खडा र अनिता खड्काले अभिनय गरेका छन् भने कलाकारहरूको मेकअपको काम सीता छेत्रीले गरेकी छन्। सुशिला बिष्टको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतप्रति विभिन्न मिडियाकर्मीहरूलाई धन्यवाद व्यक्त गर्दै गायिका बिष्टले दर्शक तथा श्रोताबाट राम्रो प्रतिक्रिया पाउने आशा व्यक्त गरेकी छन्







