सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा युवराज दुलाल निर्वाचित भएका छन् । प्राप्त मत परिणामअनुसार दुलालले २१ हजार ५७२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी बंशलाल तामाङ ले १८ हजार ८४८ मत प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेका छन् ।
देशभर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव देखिएको यस निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. १ मा पनि रास्वपाका भरतप्रसाद पराजुली विजयी भएका छन् । तर क्षेत्र नं. २ मा भने युवराज दुलालले आफ्नो राजनीतिक अनुभव, विकाससँग जोडिएको इतिहास र व्यक्तिगत प्रभावका आधारमा विजय हासिल गरेको विश्लेषण गरिएको छ ।









