सिन्धुपाल्चाेक – पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ३ अन्तर्गत भोताङ यार्सा र कुल्दिटोलमा विभिन्न राजनीतिक दल परित्याग गरी १६ जना नेता–कार्यकर्ता नेपाली कांग्रेस मा प्रवेश गरेका छन्। आइतबार बेलुकी आयोजित कार्यक्रममा उनीहरू औपचारिक रूपमा कांग्रेसमा आबद्ध भएका हुन्।
कांग्रेस प्रवेश गर्नेहरूमा बक्सिङ तामाङ (राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचपोखरी थाङ्पाल–३ का वडा कार्यसमिति अध्यक्ष एवं वडा अध्यक्ष प्रत्याशी), सागर तामाङ, पेम्बा सिंगी तामाङ (नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी), फुर्पा तामाङ, साइला तामाङ, शेर बहादुर तामाङ, तोकले तामाङ, सिङग लामा, बोबि लामा (राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी), ङीमा सिंगी तामाङ, दलबहादुर वाइबा (नेकपा एमाले परित्याग गरी), लनम सिंगी वाइबा (स्वतन्त्र), पलमान तामाङ, रबि तामाङ, मानबिर तामाङ र सुरेस तामाङ (स्वतन्त्र) रहेका छन्।



नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका युवा नेता कृष्णकुमार तामाङ (समीर)ले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै युवा नेता तामाङले लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि कांग्रेसको नीति, निष्ठा र सिद्धान्तप्रति पूर्ण ऐक्यबद्धता जनाउँदै उनीहरू पार्टीमा प्रवेश गरेको जानकारी दिए ।
कार्यक्रम राति अबेरसम्म सञ्चालन भएको थियो। यार्सा र कुल्दिटोलका स्थानीयवासीले देखाएको न्यानो माया, आत्मीय स्वागत र विश्वासप्रति कृतज्ञता व्यक्त गर्दै प्रदेश प्रतिनिधि दिपेशराज खनालले जनताको साथ र समर्थनले थप जिम्मेवार बनाएको उल्लेख गरेका छन्।
यस घटनाले पाँचपोखरी थाङ्पाल क्षेत्रमा कांग्रेसको संगठन विस्तार र राजनीतिक सक्रियतामा थप ऊर्जा थपिएको स्थानीय नेताहरूको भनाइ छ।







