सिन्धुपाल्चोक — पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ३ भोताङको यार्सा र कुन्दीटोलमा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी १६ जना नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
आज रातिको समयसम्म पनि स्थानीयवासीले देखाएको न्यानो माया, आत्मीय स्वागत र अगाध विश्वासप्रति आयोजक पक्षले हृदयदेखि नै हार्दिक आभार एवं कृतज्ञता व्यक्त गरेको छ।


लोकतन्त्रको रक्षा र मुलुकको समृद्धिका लागि नेपाली कांग्रेसको नीति, निष्ठा र सिद्धान्तप्रति ऐक्यबद्धता जनाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एमाले) तथा नेकपा परित्याग गरेका तथा स्वतन्त्र व्यक्तिहरू कांग्रेसमा प्रवेश गरेका हुन्।
पार्टी प्रवेश गर्नेहरूमा राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नं. ३ का वडा कार्यसमिति अध्यक्ष एवं वडा अध्यक्ष प्रत्याशी श्री बक्सिङ तामाङ, नेकपा परित्याग गरी श्री सागर तामाङ र श्री पेम्बा सिंगी तामाङ, राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरी श्री फुर्पा तामाङ, श्री साइला तामाङ, श्री शेरबहादुर तामाङ, श्री तोकले तामाङ, श्री सिङग लामा र श्री बोबि लामा रहेका छन्।
त्यस्तै नेकपा (एमाले) परित्याग गरी श्री ङीमा सिंगी तामाङ र श्री दल बहादुर वाइबा कांग्रेसमा प्रवेश गरेका छन्। साथै स्वतन्त्र व्यक्तिहरू श्री लनम सिंगी वाइबा, श्री पलमान तामाङ, श्री रबि तामाङ, श्री मानबिर तामाङ र श्री सुरेस तामाङले पनि नेपाली कांग्रेस रोजेका छन्।
नवप्रवेशीहरूलाई बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री माननीय कृष्णकुमार तामाङ (समीर) ज्यूले खादा लगाई स्वागत गर्दै नेपाली कांग्रेस जस्तो गौरवमय लोकतान्त्रिक संगठनमा स्वागत गर्नुभएको थियो। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। प्रवेश गर्ने व्यक्तिहरु
* बक्सिङ तामाङ – (राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचपोखरी थाङ्पाल गाउँपालिमा वडा नं. ३ वडा कार्यसमितिका अध्यक्ष एवं वडा अध्यक्ष प्रत्याशी ),सागर तामाङ (नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी),पेम्बा सिंगी तामाङ ( नेपाली कम्युनिस्ट पार्टी परित्याग गरी) ,फुर्पा तामाङ (राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि),साइला तामाङ (राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि),शेर ब.तामाङ (राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि),ङीमा सिंगी तामाङ ( नेकपा एमाले पार्टी परित्याग गरि),दल बहादुर वाइबा (नेकपा एमाले पार्टी परित्याग गरि),लनम सिंगी वाइबा (स्वतन्त्र ब्यक्ति ),तोकले तामाङ (राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि),सिङग लामा (राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि ),बोबि लामा (राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि ),पलमान तामाङ (स्वतन्त्र ब्यक्ति),रबि तामाङ (स्वतन्त्र ब्यक्ति),मानबिर तामाङ (स्वतन्त्र ब्यक्ति),सुरेस तामाङ (स्वतन्त्र ब्यक्ति ) रहेका छन् ।







