सिन्धुपाल्चोक-यही फागुन २१ गते हुने संघीय निर्वाचनका लागि अहिले उम्मेदवारहरू घरदैलो कार्यक्रममा व्यस्त छन्। यही समयलाई मध्यनजर गर्दै सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ नेपाली कांग्रेसका उम्मेदवार वंशलाल तामाङ र अन्य कार्यकर्ताहरू सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका-१४ पुगेका थिए। यस वडा नम्बर १४ मा नमुना माझी बस्ती भन्ने एउटा बस्ती रहेको छ।


घरदैलो कार्यक्रममा उम्मेदवार र अन्य कार्यकर्ताहरू यस बस्तीमा पुगेका छन्। यस बस्तीमा पुग्दा उम्मेदवार तामाङलाई सोही माझी बस्तीका जनताको चासो र गुनासो सुन्दै धेरै कुराहरू प्रतिबद्धता जनाएका छन्। यो बस्तीका दाजुभाइ, दिदीबहिनीहरूसँग खुलेर संवाद गर्दा यहाँको यथार्थ झन् प्रष्ट देखियो। बच्चाहरूका लागि गुणस्तरीय शिक्षा अभाव, लिफ्ट सिँचाइ अभाव, आयआर्जनको स्थायी आधार कमजोर छ। मासिक ६००० रुपैयाँ बैंक ऋण तिर्दा परिवार चलाउनै मुस्किल परेको पीडा सुन्नुपर्यो। महिला दिदीबहिनीहरूलाई उद्यमशील बनाउन ठोस कार्यक्रमको माग छ। गुठी सम्बन्धी समस्या पनि समाधानको पर्खाइमा छ। यी आवाज केवल गुनासा होइनन्, परिवर्तनका माग हुन्।
म स्पष्ट छु — माझी बस्तीको मुद्दा नीतिगत रूपमा सम्बोधन हुनुपर्छ। संसदमा पुग्ने अवसर पाएँ भने पहिलो प्राथमिकता यही बस्तीको शिक्षा, सिँचाइ र रोजगारी सिर्जना गर्नमा हुनेछ। आगामी आर्थिक वर्षभित्र लिफ्टिङ सिँचाइका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दछु। कृषिको आधुनिकीकरण र महिला उद्यमशीलता विकासमा विशेष योजना ल्याउनेछु ।माझी बस्तीको सम्मान, अधिकार र समृद्धिका लागि हाम्रो अभियान निरन्तर रहनेछ ।







