सिन्धुपाल्चोक-यही फागुन २१ गते हुने संघीय निर्वाचनका निमित्त सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ का नेपाली कांग्रेस तर्फबाट प्रत्यक्ष उम्मेदवार दैलो कार्यक्रममा लागिरहेको देखिन्छ। आमाको विगतलाई फर्केर हेर्ने हो भने इन्द्रावती गाउँपालिकाको अध्यक्ष भएर काम गरिरहँदा पनि पालिकासहित आफू उत्कृष्ट अध्यक्षको रुपमा चिरपरिचित भएका थिए। देशकै नमुना पालिका बनाएर आफूलाई सफल पालिका अध्यक्षको रुपमा चिनाउँदै अहिले भने तामाङले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको प्रत्यक्ष उम्मेदवारी पाएका छन्। यो एउटा तामाङको उम्मेदवार मात्र होइन सिन्धुपाल्चोक जिल्लाका जनताका लागि राम्रो विकासको अवसर प्रेमी पनि प्राप्त गर्नु हो।


सिन्धुपाल्चोक जिल्लामा धेरै उम्मेदवारीहरूमध्ये उत्कृष्ट विकासका योजनाहरू जनतामाझ राख्दै घरदैलोमा व्यस्त देखिने उम्मेदवार मध्यका एक हुन्। अरु नेता र पार्टीका कार्यकर्ताहरुले झुटा आश्वासन दिने र निर्वाचनपछि सोही क्षेत्रमा फर्केर नजाने गरेको पाइन्छ। तर तामाङ भने सोही क्षेत्रकै उत्कृष्ट अध्यक्षको रुपमा चिरपरिचित मात्र नभई सोही माटोमा हुर्की खेली र सोही क्षेत्रबाट राजनीति गर्दै अहिले संसदीय चुनावका लागि प्रदेशपर्धामा रहेका छन्।
तामाङले भनेका छन् म घरदैलोमा मात्रै मतदातालाई भेट्न आएको होइन। म मेरो एजेन्डा सहित तपाईंहरूको घर दैलोमा आएको छु। मेरो एजेन्डा मौखिक मात्र होइन जनताले एकपटक मतदान गरी विजय गराएर संसदसम्म पुर्याएको खण्डमा मैले भनेका हरेक कुरा पूरा गरी तपाईँहरू माझ फेरि एकपटक आउन मन छ। र तामाङले भनेका छन् सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर २ का सम्पूर्ण मतदाता आमाबुवा दाजुभाई तथा दिदीबहिनीहरूलाई विनम्रतापूर्वक अनुरोध गर्नुभएको छ कि अन्य पार्टीका नेताहरुले झुटा आश्वासन दिएर तपाईहरु माझ आफ्नो अमूल्य मत मागिरहेका छन् तपाईहरु यस्ता झुटा आश्वासनबाट बच्न र बचाउन सक्नुपर्दछ ।







