सिन्धुपाल्चोक -बालसुधार माध्यमिक विद्यालयको ६८औं वार्षिकोत्सब तथा २६औं अभिभावक दिवस सम्पन्न भएको छ ।मेलम्ची नगरपालिकाका कार्यवाहक प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि उमा प्रधानले विद्यालयमा शिक्षाको गुणस्तर सुधारोन्मुख रहेको बताउनुभयो । विद्यालयलाई हराभरा बनाउनकालागी सबै नागरिक जिम्मेवार रहेकाले एकजुट भएर अगाडि बढ्नुपर्ने बताउनुभयो । उहाँले विद्यालयको निर्माणाधीन भवन नगरपालिकाले पुरा गर्ने दावी गर्नुभयो ।
विद्यालयको खेल मैदान निर्माणका लागी नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । उहाँले दुवाचौर भलिबलको उर्वर भुमि रहेकाले भलिबल संगै अन्य खेलकुदका कार्यक्रम अगाडि बढाउन आग्रह गर्नुभयो ।


कार्यक्रमका विशेष अतिथि मेलम्ची ७ का वडा अध्यक्ष पासाङ दोङले विद्यालयको वार्षिकोत्सब संगै अभिभावक सम्मेलन भएपनि विद्यालयमा अभिभावकको चासो चिन्ता र उपस्थिति नहुनु चिन्ताको विषय बनेको बताउनुभयो । उहाँले विद्यालयमा शिक्षा सुधारका लागी वडा शिक्षा समिती,शिक्षक,अभिभावक विद्यार्थी सबै मिलेर महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले आफ्नो बालबालिकाको भविष्य सुन्दर बनाउन अभिभावकले सक्रिय भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष नवराज सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुर्यप्रसाद श्रेष्ठले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम लाई स्थानीय कलाकार धर्मराज गिरि,विद्यालयका विद्यार्थी हरुको प्रस्तुतिले मनोरञ्जन प्रदान गरेको थियो । कार्यक्रमको अवसरमा शैक्षिक गुणस्तरमा अभिभावकको भुमिका विषयक बक्तृत्वकला प्रतियोगिता समेत गरिएको थियो ।







