सिन्धुपाल्चोक-फागुन २१ गते हुने संघिए निर्वाचनका लागि घर दैलो गर्दै जनता संग भोट माग्ने क्रम मा सिन्धुपाल्चोक क्षेत्र नं. १ नेपाली कांग्रेसका उम्मेदवार जंग बहादुर लामा ले ऊहिलेको वर्तमान समयलाई मध्यनजर गर्दै विज्ञान तथा प्रविधिको सिर्जनात्मक उपयोगले नै समाजलाई समुन्नत बनाउँछ। यदि कुनै नीतिले प्रविधिको आयामलाई सम्बोधन गर्न सक्दैन भने, उक्त नीतिले सामाजिक आयमहरुलाई समेट्न सक्दैन।
“आर्टिफिसियल इन्टिलिजेन्स” वर्तमानमा जुन तिव्रताका साथ विकास हुँदैछ, त्यसैको तादात्म्यतामा हाम्रो नीतिहरु पनि अनुकूलित हुन अपरिहार्य छ। र, तब मात्र आधुनिक समाजको निकस्ट उद्विकास हुनेछ। कृषि तथा स्थानीय अर्थतन्त्रलाई समुन्नत बनाउने हेतुले नीतिगत प्रावधान साझा गरेका छन् ।









