सिन्धुपाल्चोक -प्रथम रामबहादुर स्मृति कप सिन्धुपाल्चोक जिल्ला अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिताको उपाधि मेलम्चीलाई तागाङ च्योम्थली गोम्देन टोल बिकास समिती , हेलम्बु-५ द्वारा आयोजित प्रथम रामबहादुर स्मृति कप सिन्धुपाल्चोक जिल्ला अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची नगरपालिकाले जितेको छ । साँस्कृतिक कार्यक्रम बागमती प्रदेश सरकारका खानेपानी,उर्जा तथा सिचाई मन्त्री कृष्णकुमार तामाङ को प्रमुख आतिथ्यतामा भब्यताको साथ समापन भएको हो ।मेलम्ची नगरपालिकाले मेलम्ची -७ को नमुना एक्टिभ युथ क्लबलाई पराजित गरेको हो । मेलम्चीले जुगल र नमुनाले सृजनसिल मेलम्ची-७ लाई हराउँदै फाइनल पुगेका हुन ।तेस्रो स्थान भने जुगलले सृजनसिललाई हराउँदै प्राप्त गरेको छ ।
भलिबल प्रतियोगिताको उपाधि बिजेताले १ लाख दोस्रो हुनेले ७५ हजार र तेस्रोले ५० हजार पाएको आयोजकका सदस्य डेन्डुप शेर्पाले बताउनुभयो । बागमती प्रदेशका खानेपानी उर्जा मन्त्री कृष्णकुमार तामाङ समिरले पुरस्कार प्रदान गर्नुभयो ।कार्यक्रममा वडा नं ४ र ५ का अध्यक्ष एवम काङ्रेसका नेताहरु बुद्धिमान तामाङ, दिपकुमार तामाङ लगायत उपस्थित हुनुहुन्थ्यो । समापनमा भब्य सांस्कृतिक कार्यक्रम पनि भएको थियो ।









