सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिका–५ च्योमथलिमामा जारी “सिन्धुपाल्चोक जिल्ला अन्तरपालिका स्तरीय प्रथम राम बहादुर तामाङ स्मृति कप २०८२” भलिबल प्रतियोगिताको फाइनलमा मेलम्ची नगरपालिका र मेलम्ची–७ को नमुना एक्टिभ युथ क्लब भिड्ने भएका छन्।
सेमिफाइनलमा मेलम्ची नगरपालिकाले जुगल गाउँपालिकालाई र नमुना एक्टिभ युथ क्लबले सृजनशील क्लबलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन्। तेस्रो स्थान भने जुगल गाउँपालिकाले सृजनशील मेलम्ची–७ लाई हराउँदै हासिल गरेको छ।


सीएमसीवाईसी हेलम्बुको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनल खेल भोलि २८ गते हुनेछ। प्रतियोगिताको उपाधि विजेताले १ लाख, उपविजेताले ७५ हजार र तेस्रो हुनेले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजक समितिका सदस्य डेन्डुप शेर्पाले जानकारी दिनुभयो।
भोलि हुने पुरस्कार वितरण समारोहमा बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ (समिर) प्रमुख अतिथिका रूपमा सहभागी हुने र सो अवसरमा सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिनेछ।







