सिन्धुपाल्चोक- चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सुदिप श्रेष्ठले स्थानीय व्यवसायी उमेश ढुङ्गानामाथि कुटपिट गरेको आरोप छ। कुटपिट पछि ढुंगानालाई चौतारा अस्पतालमा भर्ना गरि उपचारको क्रममा रहेका छन् घटनाको वास्तविकता बुझ्दा वडा अध्यक्ष श्रेष्ठ एमालेको चुनावी अभियान घरदैलो कार्यक्रममा जाँदै गर्दा व्यवसायी ढुङ्गानामाथि कुटपिट गरेको देखिन्छ।
ढुङ्गाना सँग बुझ्दा २०७९ सालमा स्थानीय निर्वाचनको नेकपा एमाले पार्टीबाट वडा अध्यक्ष पदमा निर्वाचित भएका थिए। सोही निर्वाचनको क्रममा वडा अध्यक्ष सुदीप श्रेष्ठले ढुङ्गानाको पसलबाट उधारो लिएको सामानको रकम दिन बाँकी जस्तो देखिन्छ तर वडा अध्यक्षसँग बुझ्दा लिनुदिनु कुनै पनि नरहेको भन्दै पन्छिन खोजेको देखिन्छ। योसँगै वडा अध्यक्षले भनेका छन् ढुङ्गानाले माधव पदार्थ सेवन गरी बाटो छेकेको भन्दै पन्छिन खोजेको देखिन्छ।
तर घटनापछिको घाइते भएका ढुङ्गानाको आफन्त र छरछिमेक व्यक्तिहरूसँग बुझ्दा ढुङ्गानाले अहिलेसम्म मादक पदार्थ सेवन गरेर हिँडेको छैन र माधव पदार्थ सेवन गरे गाडी चलाएको होइन भन्ने दाबी गरेका छन्।









