सिन्धुपाल्चोक-श्री तेर्से माध्यमिक विद्यालयको ३५ औं वार्षिकोत्सवकाे अवसरमा आयोजित एस. ई. ई. लक्षित गणित प्रतियोगितामा गणित प्रतियोगितामा हेलम्बु-४ स्थित इष्ट पोइन्ट कि एलिना थापा प्रथम हुनुभएको छ ।
त्यस्तै दोस्रोमा प्रगती अङ्ग्रेजी माबि मेलम्ची -११कि आयुशा नेपाल तेस्रो थाङपाल भ्याली पाँचपोखरी थाङपाल ४ का प्रसान्त तामाङ र सान्त्वना आयोजक तेर्से माबिका रबिन तामाङ हुनुभएको बिद्यालयले जनाएको छ ।


मेलम्ची नगरपालिका, पाँचपोखरी थाङ्पाल, इन्द्रावती र हेलम्बु गाउँपालिकाकाे २० वटा विद्यालयबाट सहभागी थिए । प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई हार्दिक बधाई! तथा सहभागी विद्यार्थीहरुलाई बिद्यालयले धन्यवाद ज्ञापन गरेको छ ।







