केशव श्रेष्ठ -गल्छी तामाङ समाज तथा निङ्मा सुटुप दार्जिलिङ असारे गुम्बा द्वारा आयोजित सोनाम लोसार सांस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ। आन्तरिक पर्यटन प्रवर्धनका लागि तामाङ समुदायको महान पर्व एवं नयाँ वर्ष मञ्जुश्री सम्वत २०२८६२ ताल्यो घोडा वर्ग सोनाम लोसार गाउँ ठाउँमा भव्यताका साथ सफल पारौं भन्ने मूल नाराका साथ उक्त सांस्कृतिक कार्यक्रम सम्पन्न हुने भएको छ।


केदारनाथ खतिवडाको प्रमुख आतिथ्यता पासाङ लामागुरुको आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारहरू र स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहनेछ। सो कार्यक्रम माघ २४ गते शनिबार गल्छी गाउँपालिका वडा नं ८ धादिङ रानी माला बुद्ध पार्कमा सम्पन्न हुने भएको छ।







