सिन्धुपाल्चोक — नेपाली कांग्रेसको तर्फबाट आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका वंशलाल तामाङ यतिबेला घरदैलो अभियानमा केन्द्रीत छन्। उम्मेदवारी दर्तापछि परिचयात्मक कार्यक्रम र भेटघाटमा सक्रिय रहेका तामाङले पाँचपोखरीबाट घरदैलो अभियानको सुरुआत गरेका हुन्।
चुनावी सभा तथा औपचारिक प्रचार कार्यक्रमभन्दा अघि मतदातासँग प्रत्यक्ष भेटघाटलाई प्राथमिकतामा राख्दै आएका कांग्रेस उम्मेदवार तामाङको चुनावी कार्यक्रम आज काठमाडौंको जोरपाटीमा हुँदैछ। दिउँसो १ बजे आयोजना हुने भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेत प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्।


नेपाली कांग्रेस मेलम्ची नगर कमिटीको आयोजनामा हुने उक्त कार्यक्रम जोरपाटीस्थित छिमेकी पार्टी प्यालेसमा सम्पन्न हुनेछ। सिन्धुपाल्चोक क्षेत्र नं. १ बाट उम्मेदवार बन्न आकांक्षा राखेका मोहनबहादुर बस्नेत, पछि पार्टी सभापति जंगबहादुर लामा उम्मेदवार बनेपछि पार्टीका आधिकारिक उम्मेदवारहरूलाई जिताउन सक्रिय रूपमा लागिपरेका छन्। यही क्रममा उनी सिन्धुपाल्चोक क्षेत्र नं. २ का उम्म







