सिन्धुपाल्चोक-बंशलाल तामाङ कुनै आकस्मिक नेता होइनन् उनी गाउँ घरकै माटोमा हुर्किएको आन्दोलनले खारिएका जनताले रोजेका र विश्वास गरेका नेतृत्व हुन्। उनको राजनिति सत्ता खोज्ने होइन सेवामा निरन्तर हिँडिरहने यात्रा हो। २०७४ सालको स्थानीय तह निर्वाचनमा इन्द्रावती गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएपछि उनका विचार अन्तर्राष्ट्रिय विकासका अनुभव कर्ममा रूपान्तरण भए। अस्पताल सडक खानेपानी प्रशासनिक भवन शिक्षा कृषि संस्कृति र स्मृतिका संरचनाहरूले पालिकाको अनुहार फेरियो।


जनताले भाषण होइन परिणाम देखे १५ शैयाको अस्पताल निर्माण देशकै नमुना प्रशासनिक भवन गाउँपालिकाभर सडक विस्तार २८ हजारभन्दा बढी नागरिकलाई खानेपानी काठे पुलमुक्त पालिका अभियान भिर्कुटी शान्ति पार्क र भूकम्प स्मृति जस्तानमुना पार्क हरुको निर्माण
बुढीचौर बस्ती विकास परियोजना विद्यालय सुधार कृषि आधुनिकीकरण सिपमूलक तालिम रङ्गशाला निर्माण जस्ता कामहरू अघि बढे इन्द्रावती गाउँपालिका देशकै नमुना पालिका रूपमा चिनाउने उनकै कार्यकालमा भयो।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसको उम्मेदवारको रूपमा उभिँदै उनी भन्छन् । म तपाईँहरूको सुख दुःखमा हिजो जस्तै आज पनि आज जस्तै भोलि पनि सँगै उभिन्छु।







