काठमाडौँ – ज्योती फिल्मस् म्युजिक अवार्डको सातौं संस्करण यसपटक नेपालमै हुने भएको छ । बिगतका पाचौं र छैठौं संस्करण दुबईमा सम्पन्न भएको यस अवार्डको यसबर्ष भने नेपालमै भब्य रुपमा सम्पन्न हुने जनाइएको छ ।
आयोजक रोयल मुभिजका अनुसार यसबर्ष काठमाडौंको भृकुटिमण्डपमा रहेको पुलिस क्लबको हलमा भब्य रुपमा अवार्ड सम्पन्न हुनेछ । अवार्ड २९ बिधामा प्रदान गर्न लागिएको रोयल मुभिजका अध्यक्ष निरेन श्रेष्ठले हुलाक पत्रलाई जानकारी दिएका छन् । श्रेष्ठका अनुसार यस वर्ष नेपालमै अवार्ड गर्नुको उद्देश्य धेरैको गुनासो र आग्रह पनि हो । उनले भनेका छन्, ‘धेरैले नेपालमै अवार्ड समारोह गर्न आग्रह पनि गर्नुभयो । बिगतका दुईबर्ष बाहिर गरियो यसपटक नेपालमै गर्ने योजना बनाएका हौं ।’


नेपालमा म्युजिक अवार्डहरू धेरै प्रकारका हुन्छन्। विविध विधाहरूमा रहेर हुने म्युजिक अवार्ड धेरैजस्तो नेपाल नेपालमा मात्र हुने गर्दछन् भने ज्योति फिल्म्स म्युजिक अवार्ड नेपालमा मात्र नभई बाहिर देशमा पनि गर्ने गरिएका छन्। यसले गर्दाखेरि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गीत संगीतको प्रचारप्रसार र म्युजिक अवार्ड सम्बन्धी यसको आवश्यकता बारे जानकारी र प्रचारप्रसार गर्न मद्दत पुग्ने गर्दछ।







