सिन्धुपाल्चोक -सिन्धुपाल्चोक जिल्लामा कहिले बाढी कहिले भूकम्पले गर्दा धेरै भौतिक क्षतिहरू व्यक्तिगत नभई सार्वजनिक रुपमा सिन्धुपाल्चोक बासीले भोग्दै आइरहेको छ। यस्ता कैयौँ समस्याहरूलाई समाधान गर्नका लागि निर्वाचन समयमा धेरै नेताहरू भाषण गर्दै घरदैलोमा पुग्दै सिन्धुपाल्चोक जनतालाई आश्वासन मात्र दिने काम गरेका थिए। आश्वासनमा मात्रै सिन्धुपाल्चोकको विकास रह्यो। तर सिन्धुपाल्चोक बासीले कुनै पनि नेताको भाषणअनुसार विकास देख्न भने पाएनन् यस्ता कुराहरूलाई सम्झँदै र सिन्धुपाल्चोक बासीको समस्या सम्झँदै बागमती प्रदेशबाट गर्न सकिने र विनियोजन गर्न सकिने बजेट सिन्धुपाल्चोक बासीले अहिलेको समयमा महसुस गर्न पाएका छन्।


खानेपानी ऊर्जा तथा सिंचाई मन्त्री माननीय कृष्णकुमार तामाङ समिर को वर्तमान कार्यकाल अवस्थामा सिन्धुपाल्चोकको मात्र नभई बागमती प्रदेशको सबै जिल्लाहरूमा विकासले उत्तिकै तीव्रता पाएको देखिन्छ। मन्त्री तामाङ विगत लामो समयदेखि राजनीतिक क्षेत्रमा परिपक्क नेताका रुपमा चिनिन्छन् भने सिन्धुपाल्चोकबाट सानो राजनीति बाट आफ्नो राजनीतिक यात्रा सुरु गर्दै गर्दा अहिले बागमती प्रदेशका खानेपानी तथा सिंचाई मन्त्रीका रुपमा मन्त्रालयमा रहेका छन्।
मन्त्रीले आफू मन्त्री नभए सिन्धुपाल्चोक बासीको दुःख सुखको सहयात्री र सम्पूर्ण सिन्धुपाल्चोकको समस्यालाई आफ्नो समस्या सम्झेर समस्यालाई समाधान गर्न बागमती प्रदेशबाट गर्न सकिने समाधानतिर लागेका छन् । तत्कालै सिन्धुपाल्चोक मा परेका समस्याको समाधान गर्दै निम्नलिखित बजेटहरू विनियोजन गरेका छन्। यस अघि कुनै पनि मन्त्रीले तल उल्लेखित समस्याहरूको समाधान गर्न कोसिस समेत नगरेको पाइन्छ ।
मेलम्ची फट्टे पक्की मोटर पुल निर्माण, मेलम्ची न.पा. ११ र ७ (३४ करोड ९७ लाख)
२)चोक्पु खोला पक्की पुल निर्माण, हेलम्बु गा.पा. १ :
(९ करोड ९२ लाख)
३)मेलम्ची खोला झोलुङ्गे पुल निर्माण (थापाटार पिप्लेचौर
६ भाङटार २), सि.पा. (३ करोड ५ लाख)
४)बिसदेउटारबाट करेसे डाडा जोड्ने झोलुंगे पुल निर्माण, ईन्द्रावती गा.पा. ११ र चौसागढी न.पा. १४ :
(१ करोड १४ लाख)
यस्तै विशाल विकासोन्मुख कार्यहरू सिन्धुपाल्चोक जिल्लामा मात्र नभई बागमती प्रदेशका सबै जिल्लाहरूमा मन्त्री तामाङ भौतिक संरचनाहरूलाई विकासका पूर्वाधारहरूलाई समान रूपले बजेटहरू विनियोजन गरेको पाइन्छ । उक्त कार्यहरू सिन्धुपाल्चोक बासीलाई मात्र नभई सम्पूर्ण बागमती प्रदेशका जिल्लाहरू का जनताहरूले बागमती प्रदेश सरकार छ भन्ने अनुभूति गर्न पाएका छन्।







