काठमाडौं – नेपाली कांग्रेसले सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरेको छ ।
विशेष महाधिवेशनपछि आज पार्टी कार्यालय सानेपामा पहिलो पटक बसेको केन्द्रीय समिति बैठकले सभापति थापालाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्ने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले बताए।


उनले योग्यता, क्षमता र भिजनको आधारमा सभापति थापालाई प्रधानमन्त्रीको रूपमा अघि सारेको बताए।सभापति थापा फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवार रहेका छन् ।
साथै १६५ ठाउँबाट उम्मेदवार दिएको नेपाली कांग्रेसका सम्पूर्ण उम्मेदवार तथा कार्यकर्तालाई आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एक ढिक्का भएर लाग्न नवनिर्वाचित सभापति गगनकुमार थापाले आग्रह गर्नुभएको छ।







