सिन्धुपाल्चोक- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस दास र लासहरुको पार्टी नभई जिउँदो मानिसहरूको पार्टी भएको बताएका छन् ।काठमाडौंमा पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।


आफूहरूले शक्ति र पार्टीभित्रको सत्ताको सङ्घर्ष नगरेको उनले बताए ।त्यस्तै, महामन्त्री थापाले सभापति देउवालाई राजीनामा दिन र समयको मागअनुसार मार्गप्रशस्त गर्न सुझाव दिए । महामन्त्री थापाले प्रश्न गर्न नसक्ने समाजले उत्तर पनि नपाउने भन्दै जिउँदो कांग्रेसले समाजको जिम्मेवारी पूरा गर्न सक्ने बताए ।उनले विशेष महाधिवेशनको उद्घाटनमा सभापति शेरबहादुर देउवालाई ल्याउने प्रयास गरेको भए पनि सम्भव नभएको बताए







