सिन्धुपाल्चोक -गाउँपालिकाको सभा हल नवलपुरमा सम्पन्न कार्यक्रममा शिक्षा, सडक, सिंचाइ, खानेपानी जग्गा वर्गीकरण पुर्वाधार लगायतका विषयमा शून्य समयमा गाउँसभा सदस्यहरुबाट आएका प्रश्न सल्लाह र सुझावको रुपमा आएक कुराहरुलाई आत्मसाथ गर्दै अघि बढ्ने बताउँदै जिज्ञासाहरुको बारेमा प्रष्ट पार्नुभएको थियो । साथै जग्गा वर्गीकरणको बारेमा उठेका प्रस्नहरुको सभाका सचीव तथा गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मनहरि बरालले जवाफ दिनुभएको थियो ।
उपाध्यक्ष शोभना तामाङले प्रस्तुत गर्नुभएको आ.व. २०८२/८३ का लागि गाउँपालिकाको संशोधित बजेट,


प्रवक्ता शशिनाथ आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक कार्यबिधी तथा बित्तिय उत्तरदायित्व विधेयक २०८२,
बिधयन समिति संयोजक तथा वडा नम्बर ९ का अध्यक्ष बाबुराम लामाले सभामा प्रस्तुत गर्नुभएको केही स्थानीय एन संसोध गर्न बनेको बिधेयक, सामाजिक बिकास समिति संयोजक वडा नम्बर ७ का अध्यक्ष रबिन्द्र कुमार खातीले प्रस्तुत गर्नुभएको बेरुजु फर्स्यौट कार्यबिधी २०८२, लेखा समिती संयोजक तथा वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरेले प्रस्तुत गर्नुभएको लेखा समिती गठन तथा कार्यलय सञ्चालन कार्यबिधि २०८२, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सचीव मनहरि बरालले प्रस्तुत गर्नुभएको आर्थिक एन संशोधन गर्न बनेको विधेयक,
न्याय समिति सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले प्रस्तुत गर्नुभएको इन्द्रावती गाउँपालिकालाई नगरपालिका बनाउने सम्बन्धी प्रस्ताव
नगरपालिका बन्नका लागि आवश्यक मापदण्ड पूरा भएको हुनाले यो प्रस्ताव सभा समक्ष निर्णायर्थ प्रस्तुत गरिएको उहाँको भनाइ थियो ।
सभाको अन्त्यमा सभामा प्रस्तुत बिषयमा राय सुझाव लिइएको थियो । साथै लिखित रुपमा राय सुझाव पनि दिन सकिने सभा अध्यक्ष झम्कनाथ नेपालले बताउनुभयो ।
कार्यक्रममा नेपाल आइडल सिजन छैठौं (season 6th) , को विजेता यही पालिकाका चेली ईन्द्रावती -१० की गंगा सोनाम, नेपालका ७७ वटै जिल्ला साइकल यात्रा मार्फत भ्रमण गर्न सफल व्यक्ति मादव कुंइकेल र दिपेन्द्र सोनाम लाई गाउपालिकाको तर्फबाट सम्मान गरिएको छ । सम्मान कार्यक्रममा गंगा सोनामले आफ्नो प्रस्तुति दिनुभएको थियो भने पालिकाका अध्यक्ष झन्क नेपालले इन्द्रावतीले नेपाल आइडल जित्नु भनेको गर्वको बिषय भएको बताउनुभयो । उहाँले यस सम्मानले कलाकारहरुलाई अगाडि बढ्न अझै धेरै प्रेरित गर्ने अपेक्षा समेत राख्नुभयो ।







