काठमान्डौं-श्री कृष्ण माध्यमिक विद्यालय मेलम्ची ४ थकनिको ६५ औं जन्म जयन्ती तथा २७ औं अभिभावक दिवस आज सम्पन्न भएको छ । कार्यक्रममा विशेष अतिथि कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवम राप्रपा नेत्री कुमारी तामाङले विद्यालय शिक्षामा लगानी गर्नका लागी आफुले खबरदारी गरिरहेको बताउनुभयो । मंचमा आउने बोल्ने र कामको नाममा सिन्को नभाच्नेहरुले शिक्षामा लगानी नगरेको बताउनुभयो । खानेपानी,शिक्षा,स्वास्थ्य,सडकको अवस्था हेलिकप्टरमा हिड्नेलाई थाहा नहुने भन्दै आफु सरकारमा नभएका कारण सिन्धुबासीको पिडा बागमती प्रदेश सरकार सम्म पुग्न नसकेको बताउनुभयो । यो देशको विकास र समृद्धिको लागी आफ्नो धर्मको संरक्षण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा इन्द्रेणी कार्यक्रम संचालक कृष्ण कडेलको टिमले आफ्नो प्रस्तुति प्रस्तुत गरेर दर्शकहरु लाई मनोरञ्जन प्रदान गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।









