काठमान्डौं- छैठौं जलवायु सम्मेलन मेलम्ची नगरपालिका ०९ मा गाफाडाँडा मा सम्पन्न भएको छ । बागमति प्रदेशका मुख्य मन्त्री मा.इन्द्रबहादुर बानियाँ को प्रमुख आथित्यतामा सम्पन्न भएको छ । मन्त्री संगै अन्य मन्त्रीहरु र मेलम्ची नगर प्रमुख उप-प्रमुख लगायत वडा अध्यक्ष र अन्य नेताहेको सहभागिता रउहेको थियो । कार्यक्रम मा नगरपालिका भित्रका विद्धालयका र स्काउट ग्रुपको विभिन्न सांस्कृतिक कार्यक्रम पनि रहेको थियो ।
जलवायु सम्मेलन स्थलमा यो वर्षको जलवायु सम्मेलन पनि सम्पन्न भएको छ। यो सम्मेलन छैठौं जलवायु सम्मेलन हो।मुख्यमन्त्री बानियाँले अहिले निर्वाचन हुने वातावरण नभएको भन्दै सरकार निर्वाचन गर्नेगरि अगाडि नबढेको बताउनुभयो । जनतामा युट्युब,फेसबुकबाट भ्रम छरेर दिगभ्रमित गरेकाले जेलबाट छुटेका कैदीहरुबाट शहर बजार असुरक्षित बनेको बताउनुभयो ।विकास लाई ब्यबस्थित गरेर लैजाने मुख्यमन्त्री बानियाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले जनमुखी,आयमुखी,गाउँमुखी विकास अहिलेको आवस्यकता भन्दै स्थानीय र प्रदेश सरकार मिलेर जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सीप तालिम र प्रविधि हस्तान्तरण गर्दै ७०/३० को कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।


मुख्यमन्त्री बानियाँले मेलम्ची गुफाडाडा ओखरेनी सम्मको सडक निर्माणको जिम्मेवारी लिदै गुफाडाडालाई पर्यटकीय केन्द्र बनाउने बताउनुभयो । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ संग आफू निरन्तर समन्वय र सम्पर्कमा रहेको भन्दै यहाँको सुखदुःखमा सधैं संगै रहने समेत बताउनुभयो ।
नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक ठाउँमा उभिनुपर्ने आजको आवश्यकता रहेको भन्दै अस्वभाविक बिकासको नाममा बिनास तिर नलाग्न र साच्चिकै जलवायु सम्मेलन सफल बनाउन लाग्न समेत कार्यक्रममा शुभकामना व्यक्त गर्नुभयो ।







