काठमान्डौं- नेपालको पहिलो राष्ट्रिय जलवायु सम्मेलन पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी ज्यूले उद्घाटन गर्नुभएको जलवायु सम्मेलन स्थलमा यो वर्षको जलवायु सम्मेलन पनि सम्पन्न हुने भएको छ। यो सम्मेलन छैठौं जलवायु सम्मेलन हो।
यही पौष १७ गते बागमती प्रदेशको मुख्यमन्त्री माननीय इन्द्रबहादुर बानिया ज्यूको प्रमुख आतिथ्यतामा तथा बागमती प्रदेश सरकारको उपस्थितिमा छैठौ जलवायु सम्मेलन सम्पन्न गरिने भएको छ ।


मेलम्ची नगरपालिका नगरकार्यपालिका मेलम्ची सिन्धुपाल्चोकको आयोजनामा हुने उक्त जलवायु सम्मेलन मा स्थानीय सरोकारवालाहरू र नेता तथा विभिन्न विद्यालय तथा संघ संस्थाहरूको समेत उपस्थिति रहनेछ।







