काठमान्डौं-रास्वपा र उज्यालो नेपालबीच ७ बुँदे सहमति भएकाे छ । सहमतिअनुसार कुलमान घिसिङ रास्वपा उपसभापति हुनेछन् ।
रास्वपा र उज्यालो नेपालबीच ७ बुँदे सहमति भएको छ । सहमतिअनुसार कुलमान घिसिङ रास्वपा उपसभापति हुनेछन् । आज काठमाडौँको कमलपोखरीस्थित असिम शाहको प्रोडक्सन हाउस जि२१ डिजिटलको कार्यालयमा सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा रास्वपा सभापति रवि लामिछाने, काठमाडौँ महानगरका मेयर एवं रास्वपा नेता बालेन शाह र उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् ।


सहमतिमा रास्वपाको सभापति रवि लामिछाने रहने, चुनाव चिन्ह घण्टी रहने उल्लेख छ । त्यस्तै अब रास्वपामा तीन जना उपसभापति रहने छन् । सहमति अनुसार रास्वपाको उपसभापतिका कुलमान घिसिङ, डिपी अर्याल र स्वर्णिम वाग्ले रहनेछन् ।
उज्यालो नेपालको अभियानलाई अपनत्व लिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमहरु सँग जोड़दै, एकता पश्चात् पार्टीको सङ्गठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्द जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने उल्लेख छ ।
यस्ता छन् सहमतिका बुँदाहरुः
१. नवयुवाहरू (Gen-Z) ले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनको मर्मलाई आत्मसात् गर्दै घाइते तथा शहीद परिवारका मागको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता जनाउने।
२. उज्यालो र आत्मनिर्भर अर्थतन्त्र, दक्षतामा आधारित राजनीति, योग्यताप्रणाली (Meritocracy) को स्थापना, भ्रष्टाचार तथा गैरसहनीयता र सुशासन प्रति प्रतिवद्ध रहने, सुशासन र सामाजिक न्यायको राष्ट्रिय ढाँचासंहितका लागि गरिएको पार्टी नीति, संस्थागत तथा संरचनागत सुधारको मार्गचित्र आर्थिक-सामाजिक अन्तर र सुशासन राजनीतिक अभ्यासको माध्यम अँगाल्दै दुवै दलको नेपालीको सम्मानजनक भविष्य-आधारित राष्ट्र बनाउने कार्ययोजनालाई कार्यान्वयन गर्ने सहमति हुने।
३. पहिलो पक्ष र दोस्रो पक्षबीच एकता भए पश्चात् स्थापित हुने राजनीतिक दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी, दलको चुनाव चिन्ह घण्टी, दलको प्रमुख/अध्यक्ष पदमा हाल कायम सेतो घण्टीमा गोलोकार बिनाको चिन्ह यथावत् रहने, दलको चुनाव चिन्ह घण्टी यथावत् रहने, दलको झण्डा यथावत् रहने।
४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको रीत अनुसार रहने र उपसभापतिमा कुमारन शिवाक, डि को अर्याल, र बालकृष्ण शाह रहने।
५. उज्यालो नेपालको अभियानलाई अपनत्व दिई राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रमसँग जोड्ने, एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सबल र प्रभावकारी बनाउने उज्यालो नेपाल पार्टीमा आबद्ध युवा अभियान तथा अनुभवी विज्ञहरूसमेत समुचित जिम्मेवारी प्रदान गर्ने, समावेशिता र सार्वजनिक हितलाई आधार मान्ने।
६. उक्त सहमति बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दलको निर्वाचन आयोगमा अधिबाचन गर्ने।
७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायको पक्षमा अघि बढाउन अन्य सुधारसहित एवं परिवर्तन कामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने।







