काठमाडौं -कलाकार रमेश श्रेष्ठ धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने घोषणा गरेका छन्। आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमा एक स्टाटस लेख्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो क्षेत्रबाट स्वतन्त्र रुपमा उम्मेदवारी घोषणा गर्दै चुनावमा लड्ने बताएका छन्। क्षेत्र नम्बर १ को भ्रष्टाचार नियन्त्रण गर्ने सामाजिक विकास र आर्थिक उन्नतिको लागि नयाँ पुस्ताले उम्मेदवारी दिएर चुनावबाट सोही क्षेत्रको विकास गर्न सक्ने र जनतालाई सामाजिक सुशासन कायम गर्न सक्ने भन्दै आफ्नो उम्मेदवारी घोषणा गर्न सक्ने संकेत देखाएका छन्।








