Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

झुल्केघाम बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न

२०८२ पुष ११, शुक्रबार २०:३९
Shares
Facebook X Messenger WhatsApp

काठमान्डौं-झुल्केघाम बचत तथा ऋण सहकारी संस्था लिमिटेड मेलम्चीको १३औं बार्षिक साधारण सभा मेलम्चीमा सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्य एवम् संस्थाका अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधानले सहकारी भनेको केवल बचत र ऋणको कारोबार मात्र नभएर आपसी विश्वास, सहकार्य, पारदर्शिता र सामूहिक समृद्धिको माध्यम भएको उल्लेख गर्नुभयो । उहाँले सहकारीलाई मूल्यमान्यता, सिद्धान्त र नियमभित्र रहेर सञ्चालन गर्नु आजको प्रमुख आवश्यकता रहेको बताउनुभयो । सहकारीको दीर्घकालीन सफलता यसको सुशासन, जवाफदेहिता र पारदर्शितामै निर्भर हुने भन्दै संस्थाको अस्तित्व, विश्वसनीयता र व्यवस्थित सञ्चालनका लागि सबैजना एक भएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उपप्रमुख प्रधानले सहकारी क्षेत्रमा देखिएका चुनौतीहरूलाई मध्यनजर गर्दै उद्देश्य मिल्ने सहकारीहरूलाई मर्ज गरेर सञ्चालन गर्ने विषय पनि गम्भीरतापूर्वक सोच्नुपर्ने समय आएको बताउनुभयो । मर्जरबाट संस्थागत क्षमता बढ्ने, लागत घट्ने ,सेवा प्रभावकारी र सहकारी अझ बलियो हुने जिकिर गर्नुभयो ।ऋणीहरुलाई जुन उद्देश्यका लागि ऋण लिनुभएको हो, सोही उद्देश्यअनुसार ऋण प्रयोग गर्न उहाँले सुझाउनुभयो । उत्पादनमूलक, आयआर्जन र रोजगारी सिर्जनामा केन्द्रित ऋणले मात्र व्यक्ति, परिवार र समाजलाई दीर्घकालीन फाइदा पुर्‍याउँने भन्दै ऋणको सही उपयोगले सहकारीलाई पनि बलियो र सदस्यको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने दावी गर्नुभयो ।
कार्यक्रममा विशेष अतिथि वडा नम्बर ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले देशनै आर्थिक रुपमा तरलता तिर गैरहेको सन्दर्भमा मेलम्चीलाई केन्द्र बिन्दु बनाएर झुल्केघामले राम्रो काम गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सहकारीको मुल्यमान्यता,बिधि र नियममा रहेर संचालनमा रहेकाले झुल्केघाममा यस्तो समस्या देखा नपरेको उल्लेख गर्नुभयो ।
मेलम्चीमा अझैसम्म पनि दर्ता गरेर थन्किएको सहकारी धेरै रहेको भन्दै त्यस्ता सहकारी संस्थाका कारण राम्रा भनिएका सहकारी समेत बद्नाम हुन पुगेको बताउनुभयो । उहाँले उदेश्य मिल्ने सहकारी मर्चगर्ने नगरको योजना रहेको भन्दै त्यसै अनुसार योजना बनाएर अगाडि बढ्न सुझाव दिनुभयो ।
कार्यक्रममा सभापति श्रेष्ठले सहकारीको निति र नियमको अधिनमा रहेर काम गर्दा शेयर सदस्यको संख्या उल्लेख्य भएपनि सक्रिय सदस्य भने त्यति नभएको बताउनुभयो । खाता खोल्ने तर त्यसलाई नियमित संचालन नगर्नाले धेरै समस्या भोग्न परेको बताउनुभयो । अध्यक्ष श्रेष्ठ साधारणसभा सफल बनाउन सहभागी सम्पुर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा निवर्तमान वडा अध्यक्ष रुद्रप्रसाद दुलाल,मेलम्ची ९ का अध्यक्ष किरणदिप खड्का,इन्द्रावती बहुमुखी क्याम्पसका प्रमुख राधाकृष्ण श्रेष्ठ,नगर उद्योग वाणिज्य संघका अध्यक्ष पुष्कर धिताल लगायतले कार्यक्रमको शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रमको आर्थिक बार्षिक प्रतिवेदन सचिव महेश चालिसेले प्रस्तुत गर्नुभयो । ३ करोड २३ लाख ९० हजर बचत रहेको सहकारीको सेयर पुजीँ १ करोड ३९ लाख ६८ रहेको संस्थाका ब्यबस्थापक राम बिष्टले जानकारी दिनुभयो । कुल १ हजार ६२५ सदस्य रहेको सहकारीको ४ करोड २० लाख ८३ हजार ऋण लगानी रहेको बिष्टले बताउनुभयो ।
साधारण सभाको अवसरमा कार्तिक ५ गते आगलागि बाट क्षति पुगेको अधिकारी फेन्सि स्टोरका संचालक दानबहादुर अधिकारीलाई नगद ५ हजार रुपैयाँ सहयोग गरिएको थियो । साधारण सभाको अवसरमा उत्कृष्ट बचत कर्ता बाबुराम भुषाल,असल बचत कर्ता गिताकुमारी श्रेष्ठ,असल पुरुष ऋणी दिनेश थापा र असल महिला ऋणी रविताबरुण श्रेष्ठ लाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

कलाकार रमेश श्रेष्ठले स्वतन्त्र म्मेदवारी दिने

पाख्रीन तामाङ समाजको ऐतिहासिक तेस्रो अधिवेशन सम्पन्न

मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

नेपालमा कन्डमको व्यापार फस्टाउँदै

रविले दिए शुभकामना

ताजा अपडेट
  • कलाकार रमेश श्रेष्ठले स्वतन्त्र म्मेदवारी दिने

  • पाख्रीन तामाङ समाजको ऐतिहासिक तेस्रो अधिवेशन सम्पन्न

  • मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

  • झुल्केघाम बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न

  • काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

  • नेपालमा कन्डमको व्यापार फस्टाउँदै

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved