Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

नेपालमा कन्डमको व्यापार फस्टाउँदै

२०८२ पुष १०, बिहीबार १२:०१
Shares
Facebook X Messenger WhatsApp

काठमान्डौं-नेपालमा सुरक्षित यौन व्यवहार र परिवार नियोजनप्रति चेतना बढ्दै गएको संकेत देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै नेपालले झन्डै १० करोड रुपैयाँ बराबरका १ करोड २८ लाखभन्दा बढी कन्डम आयात गरेको तथ्य बाहिर आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि मंसिरसम्मको अवधिमा ९ करोड ९९ लाख २५ हजार रुपैयाँ बराबरका १ करोड २८ लाख ४५ हजार ८६७ पीस कन्डम नेपाल भित्रिएका छन् । यो अघिल्ला वर्षहरूको तुलनामा उल्लेखनीय वृद्धि हो ।

विशेषगरी मंसिर महिनामा मात्रै १८ लाख ६६ हजारभन्दा बढी कन्डम आयात भएको छ, जसको मूल्य १ करोड ७४ लाख ७९ हजार रुपैयाँ पुगेको छ । कात्तिकमा ५ लाख ६५ हजार पीस र असोजमा ११ लाख ६३ हजारभन्दा बढी कन्डम आयात भएको भन्सार तथ्याङ्कले देखाउँछ ।

विशेषज्ञहरूका अनुसार यौन स्वास्थ्यबारे बढ्दो चेतना, परिवार नियोजनप्रतिको चासो र सुरक्षित सम्बन्धको आवश्यकताले कन्डमको माग बढाएको हुन सक्छ । साथै, युवा पुस्तामा खुलापन, शहरी जीवनशैली र स्वास्थ्य अभियानहरूको प्रभाव पनि देखिन थालेको अनुमान गरिएको छ ।

सरोकारवालाहरू भन्छन्, “यो तथ्याङ्कले नेपाली समाजमा व्यवहारिक परिवर्तन संकेत गर्छ । सुरक्षित यौन सम्बन्ध अब लुकाउने विषय नभई स्वास्थ्यसँग जोडिएको विषयका रूपमा लिन थालिएको छ ।”

कन्डम आयातमा आएको यो उछालले स्वास्थ्य सचेतना बढेको सकारात्मक सन्देश दिन्छ कि जीवनशैलीमा ठूलो परिवर्तन भइरहेको संकेत हो ? यसबारे सामाजिक सञ्जालदेखि चिया गफसम्म बहस सुरु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार

कलाकार रमेश श्रेष्ठले स्वतन्त्र म्मेदवारी दिने

पाख्रीन तामाङ समाजको ऐतिहासिक तेस्रो अधिवेशन सम्पन्न

मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

झुल्केघाम बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

रविले दिए शुभकामना

ताजा अपडेट
  • कलाकार रमेश श्रेष्ठले स्वतन्त्र म्मेदवारी दिने

  • पाख्रीन तामाङ समाजको ऐतिहासिक तेस्रो अधिवेशन सम्पन्न

  • मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

  • झुल्केघाम बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न

  • काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

  • नेपालमा कन्डमको व्यापार फस्टाउँदै

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved