काठमाडौं- रास्वपाको सभापति रवि लामिछानेले आज चितवनमा सम्बोधन गर्दैछन्। हिजो रिहा भएका लामिछानेले भरतपुर चौबीस कोटीमा केहीबेरमा विशेष सम्बोधन गर्न लागेको प्रवक्ता मनिष झाले बताए। लामिछानले हिजै चितवन पुगिसकेका छन्।
चितवनमा सम्बोधन गरेलगत्तै १ः५० को बुद्ध एयरको विमानबाट काठमाडौं आउने उनले बताए।


उनले भने, ‘आजै काठमाडौं आएर जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूलाई भेट्न जाने कार्यक्रमको सुरूवात गर्ने कार्यक्रम रहेको छ।

भोलि दिउँसो ३ बजे सभापति लामिछानेलाई पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा स्वागत गर्ने कार्यक्रम रहेको उनले बताए।







