Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

मेलम्ची–फट्टे पुल पुनर्निर्माणतर्फ ठोस पहल, नगरप्रमुख तामाङद्वारा स्थलगत अवलोकन

२०८२ पुष १, मंगलवार १८:४८
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक- वि.स २०७८ सालको विनाशकारी बाढीले बगाएको मेलम्ची–फट्टे–दुवाचौर पक्की मोटरेबल पुल पुनर्निर्माणका लागि ठोस पहल सुरु भएको छ। सोमबार मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पुल निर्माण प्रस्तावित स्थलको स्थलगत अवलोकन गर्दै पुनर्निर्माण कार्यलाई प्राथमिकतामा राखेर अघि बढाइने बताउनु भयो।
अवलोकनका क्रममा नगरप्रमुख तामाङले फट्टे पुल केवल एउटा भौतिक संरचना मात्र नभई स्थानीय जनजीवन, आवागमन, शिक्षा, स्वास्थ्य सेवा तथा आर्थिक गतिविधिसँग प्रत्यक्ष रूपमा जोडिएको अत्यावश्यक पूर्वाधार भएको उल्लेख गर्नुभयो। २०७८ को बाढीपछि स्थानीयवासीले भोग्दै आएको कठिनाइ अब धेरै समय सह्य नहुने बताउँदै उहाँले पुल निर्माणमा थप ढिलाइ हुनु भनेको जनताको दैनिक जीवन झन् कष्टकर बनाउनु सरह हुने धारणा व्यक्त गर्नुभयो।
जोखिमयुक्त भूगोललाई मध्यनजर गर्दै दिगो, सुरक्षित र दीर्घकालीन समाधान दिने खालको पुल निर्माण आवश्यक रहेकोमा जोड दिँदै नगरप्रमुख तामाङले संघीय, प्रदेश र स्थानीय सरकारबीचको प्रभावकारी समन्वय र सहकार्यबाट मात्र यस्तो ठूला पूर्वाधार परियोजना समयमै सम्पन्न गर्न सकिने बताउनुभयो।
त्यस्तै, मेलम्ची नगरपालिका वडा नं. ८ का वडाध्यक्ष जितबहादुर दोङ्गले पुल निर्माण प्रक्रियाले गति लिनु सकारात्मक संकेत भएको बताउँदै शीघ्र निर्माण कार्य सुरु हुने अपेक्षा व्यक्त गर्नुभयो। उहाँले पुल निर्माणपछि बाढीपछिको पीडाबाट स्थानीयवासी मुक्त हुने, सुरक्षित आवागमन सुनिश्चित हुने र स्थानीय विकासको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गर्नुभयो। आवश्यक समन्वय भएमा स्थानीयवासीबाट सहजीकरण र सहयोगमा कुनै कसर बाँकी नराखिने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो।
नगरप्रमुख तामाङको निरन्तर पहल तथा बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री माननीय कृष्णकुमार तामाङको सक्रियताका कारण प्रदेश सरकारले पुल निर्माणप्रति चासो देखाएको हो। यसैक्रममा प्रदेश सरकारका प्राविधिक टोलीले स्थलगत अध्ययन गर्दै सम्भावित डिजाइन, लागत अनुमान र प्रयोग हुने प्रविधिबारे प्रारम्भिक छलफलसमेत गरेको थियो।
स्थलगत अवलोकन कार्यक्रममा नगरप्रमुख आइतमान तामाङसहित प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, वडा अध्यक्षहरू जितबहादुर तामाङ र गणेश तामाङ, बागमती प्रदेश सरकारका प्राविधिक तथा मेलम्ची नगरपालिकाका प्राविधिकहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार

कलाकार रमेश श्रेष्ठले स्वतन्त्र म्मेदवारी दिने

पाख्रीन तामाङ समाजको ऐतिहासिक तेस्रो अधिवेशन सम्पन्न

मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

झुल्केघाम बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न

काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

नेपालमा कन्डमको व्यापार फस्टाउँदै

ताजा अपडेट
  • कलाकार रमेश श्रेष्ठले स्वतन्त्र म्मेदवारी दिने

  • पाख्रीन तामाङ समाजको ऐतिहासिक तेस्रो अधिवेशन सम्पन्न

  • मोहनबहादुर गिरीद्वारा आज एकैदिन तीन बिद्यालयमा न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण

  • झुल्केघाम बचत तथा ऋण सहकारी संस्थाको १३औं बार्षिक साधारण सभा सम्पन्न

  • काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघद्वारा युवा पत्रकार अरबिन्द्र गौतम नगदसहित सम्मानित

  • नेपालमा कन्डमको व्यापार फस्टाउँदै

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved