सिन्धुपाल्चोक-“परिवर्तनका लागि सामाजिक सञ्जाल, बालविवाह र अनलाइन हिंसा रोक्न हाम्रो भूमिका” भन्ने महत्वपूर्ण विषयमा आयोजित पाँचपोखरी थाङ्गपाल गाउँपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा (२० जना सहभागीमा) श्री थाङ्पालधाप माध्यमिक विद्यालय का उज्ज्वल प्रतिभा ( अस्मिता भारती र दार्शनिक पौड्याल ) ले प्रथम र द्वितीय स्थान हासिल गर्दै विद्यालय मात्र होइन, सम्पूर्ण समुदायको मान र पहिचानलाई झनै उज्यालो बनाएका छन । यस्ता कार्यक्रमहरु गाउँ र समुदयमा सन्देसमुलक हुने गर्दछ यो वक्तृत्वकला पनि सोहि अनुरुप रहेको छ । यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको मानसिक र शैक्षिक क्षेमतालाई अभिबृद्दि गर्दछ ।


समाज परिवर्तनका गम्भीर प्रश्नहरूलाई आवाज दिएको विद्यार्थीहरूको साहस, सचेतना र विचारले विद्यालय परिवार तथा उस्थित सबैको मन छोएको छ। यो सफलता तथा वक्तृत्वकलाले विद्यार्थीको मात्र मनोबल बढाएको छैन आगामी पुस्ताको दिशानिर्देशन कस्तो हुनुपर्छ भन्ने बाटो पनि देखाइदिएको छ। यस गौरवशाली क्षणलाई सम्भव बनाउन साथ सहयोग गर्ने मार्गदर्शक शिक्षक, समर्पित अभिभावक, र निरन्तर प्रोत्साहन दिने श्री थाङ्पालधाप मा.वि. परिवारका प्रत्येक सदस्यप्रति हृदयबाटै ओतप्रोत धन्यवाद ज्ञापन गरेका छन् ।







