Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा

२०८२ मंसिर २२, सोमबार १२:५३
Shares
Facebook X Messenger WhatsApp

सुनिता रखाल, ठोकर्पा

सिन्धुपाल्चोक, सुकुटे — सिन्धु सुकुटे पर्यटन व्यवसायी संघको साधारणसभा शनिबार सुनकोशी गाँउपालिका वडा नम्वर–१ को पर्यटकीय क्षेत्र ठोकर्पा भ्यू टावरमा सम्पन्न भएको छ । सिन्धु सुकुटे पर्यटन व्यवसायी संघले, स्थानीय पर्यटन व्यवसायको विकास, संस्थागत सुधार तथा आगामी कार्ययोजना तय गर्ने उद्देश्यले आयोजना गरिएको साधारणसभामा संघका पदाधिकारी, पर्यटन व्यवसायी, स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

 

कार्यक्रमका प्रमुख अतिथि सुनकोसी गाउँपालिका–१ का अध्यक्ष कुमार शाहीले सुकुटे पर्यटन क्षेत्रलाई अझ व्यवस्थित र आकर्षक बनाउन र सुकुटे आसपासका गाँउपालिका वलेफी र सुनकोशी गाँउपालिका पर्ने भएकोले त्यस ठाँउको पनि व्यवसायलाई प्रवर्धन गर्नका लागि स्थानीय सरकारले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जल क्रीडा तथा साहसिक पर्यटनका माध्यमबाट सुकुटेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न सकिने उल्लेख गरे ।

विशेष अतिथि पर्यटन बोर्डका सदस्य मिलन लामाले पर्यटकहरूको सुरक्षा, सेवा स्तरोन्नति र प्रवद्र्धनमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै पर्यटकिय क्षेत्र जहा जहा छ त्यस ठाँउलाई स्तरोन्नती गरी पर्यटन व्यावसायलाई अगाडि बढाउन संघसँग सहकार्य गर्दै अगाडि बढ्ने बताए ।

साधारणसभामा संघका तर्फबाट विधान संशोधन, वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । प्रतिवेदनमार्फत संघले विगत वर्षका कार्यक्रम, चुनौती र उपलब्धिबारे जानकारी दिइएको थियो ।

वक्ताहरूले सुकुटे क्षेत्रको पर्यटन विस्तारका लागि पूर्वाधार विकास, वातावरणीय दिगोपन, व्यवसायीको क्षमता अभिवृद्धि तथा विपद् जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव राखे ।

 

कार्यक्रमको समापन संघका अध्यक्ष महेन्द्र थापाले गर्नुभयो । उनले उपस्थित सबै अतिथि, सदस्य तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै सुकुटे पर्यटन विकासका लक्ष्यहरूलाई सामूहिक प्रयासद्वारा सफल बनाइने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार

पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

ताजा अपडेट
  • पाँचपोखरी थाङपाल द्धारा आयोजित राष्ट्रपति रनिङ शिल्ड २०८२ सम्पन्न, उपाधि भोताङदेवीलाई

  • गल्छी गाउँपालिका वडा नं ८ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

  • जिल्ला कृषि सहकारी संघ सिन्धुपाल्चोकको पाँचौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न

  • हेलम्बु गाउँपालिका वडा नम्बर ३ मा रहेको जयबागेश्वरी माध्यमिक विद्यालयको ६३ औँ वार्षिक उत्सव सम्पन्न भएको छ

  • दास र लासहरूको पार्टी होइन कांग्रेस,जिउँदो मानिसहरूको पार्टी हो : गगन थापा

  • बहुमत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सहित सभापति लामाको नेतृत्वमा सिन्धु कांग्रेस काठमाडौँ

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

पान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2026: Hulak Patra All Rights Reserved