काठमान्डौं-युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता मन्त्रालय मै कुटिएका छन् । दुई जेनजी समूहबीचको विवाद मिलाउन खोज्दा मन्त्री गुप्ता कुटिएका हुन् । जेनजी नेता शिव यादव र जितेन्द्रप्रताप सिंह भनिने जितेन्द्रकुमार महतोबिच सामान्य विवादले मन्त्रालयमै हानाहान भएको थियो । एक जेनजी प्रतिनिधिका अनुसार झगडा छुट्याउन खोज्दा मन्त्री गुप्तालाई पनि केही मुक्का लागेको थियो । यो मंसिर ८ गते बेलुकाको घटना हो ।









