Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

गौरतीमा फोहोरको थुप्रोबाट उठ्यो सन्देश — स्वच्छता नै संस्कार हो

२०८२ कार्तिक २०, बिहीबार १८:५४
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक – “स्वच्छ गौरती, हरित वातावरण: हाम्रो अभियान” भन्ने नाराका साथ आयोजित गौरती परिसर सरसफाइ तथा वातावरण संरक्षण कार्यक्रम कार्तिक २० गते गौरती मन्दिर परिसरमा सम्पन्न भएको छ ।कार्यक्रम कञ्चन स्मृति ग्राम विकास पुस्तकालयको आयोजनामा र ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी ( रेष्ट ) को सहकार्यमा सम्पन्न भएको हो । बिहान करिब १२ बजे सुरु भएको कार्यक्रममा भक्तजनहरूको भीडपछि मन्दिर परिसर र वरिपरिका ठाउँहरूमा जम्मा भएको फोहोर व्यवस्थापन गरिएको थियो ।कार्यक्रमका क्रममा मन्दिर परिसरमा रहेका बोटल, प्लास्टिक, कागज लगायतका फोहोरहरू संकलन गरी व्यवस्थापन गरिएको थिय‍ो । सहभागीहरूले फोहोर व्यवस्थापनमा सक्रिय योगदान दिँदै स्वच्छ र हरित वातावरण निर्माणमा समाजले लिनुपर्ने जिम्मेवारीको सन्देश समेत प्रवाह गरेका छन् ।

 

यस अवसरमा रेष्टका विद्यार्थीहरूले निस्वार्थ भावनाका साथ सरसफाइ अभियानमा सहभागिता जनाएका थिए । कञ्चन स्मृति ग्राम विकास पुस्तकालयका अध्यक्ष सुरेश कसजूका अनुसार यस कार्यक्रमले गौरती मन्दिर क्षेत्रको पवित्रता, सौन्दर्य र वातावरणीय सन्तुलन जोगाउन सहयोग पुर्‍याउने र विद्यार्थीहरूलाई वातावरण र समाज प्रति उत्तरदायी बनाउने उद्देश रहेको छ ।स्थानीय बासिन्दा र भक्तजनहरू पनि मेलाको भोलिपल्ट नै गोैरती परिसरमा सरसफाइ भएको देख्दा खुसी छन् । केही भक्तजनहरूले विद्यार्थीहरूलाई सरसफाइमा सहयोग गर्नुको साथै पानी र प्रसाद दिदै सामाजिक कार्यमा प्रोत्साहित गरेका थिए ।कार्यक्रममा रेष्टमा आबद्ध विद्यार्थीहरू, सञ्चारकर्मी लगायत स्वयंसेवकगरि जम्मा २० जनाको सहभागिता रहेको थियो । आयोजकहरूले यस्ता अभियानलाई निरन्तरता दिँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा सरसफाइ मात्र नभई समाज परिवर्तनको अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार

लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

मन्त्री मन्त्रालयमै असुक्षित

ताजा अपडेट
  • लायन्स क्लब अफ काठमाडौं डाँफेद्वारा मेलम्ची–३ स्थित श्री कालिकाशरण आधारभूत विद्यालयमा सामग्री हस्तान्तरण

  • मेलम्चीमा रेबिज व्यवस्थापनसम्बन्धी दुईदिने तालिम सुरु

  • चौतरा मेलम्ची सडक निर्माणमा लापर्वाही

  • थाइल्यान्डको बैंककमा हुने विश्व बक्सिङ्ग काउन्सिलको सम्मेलनमा सहभागितासँगै नेपालले अन्तर्राष्ट्रिय बक्सिङ्ग क्षेत्रमा आफ्नो उपस्थिति

  • समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम मंसिर २० गतेदेखि सञ्चालन हुने

  • मन्त्री मन्त्रालयमै असुक्षित

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

संम्बाददाताः केशब श्रेष्ठ (धादिङ्)

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved