Hulak Patra
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो
  • समाचार
  • राजनीति
  • अर्थ/वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • शिक्षा
  • विविध
    • समाज
    • राशिफल
    • गजल/कविता
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • पर्यटन
    • फोटो फिचर
    • मौसम
    • रोचक विश्व
    • विचार
    • सुनचाँदी
    • सूचना-प्रविधि
    • स्वास्थ्य
  • भिडियो

बागमती प्रदेशका खानेपानी,उर्जा तथा सिँचाइ मन्त्री कृष्ण कुमार तामाङ् द्वारा तिपेनी,भोताङ देखि मेलम्ची सम्मको सडक निर्माण कार्यको शिलान्यास

२०८२ कार्तिक १५, शनिबार १४:३९
Shares
Facebook X Messenger WhatsApp

सिन्धुपाल्चोक – मेलम्ची, तिपेनी हुँदै भोताङसम्म पुग्ने मेलम्ची खाल्डेखोला खण्ड सडक स्तरोन्नति तथा कालोपत्रे कार्यको शिलान्यास गरिएको छ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकको आयोजनामा आज बागमती प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री कृष्णकुमार तामाङ (समीर) ले शिलान्यास गर्नुभएको हो ।

शिलान्यास गर्दै मन्त्री तामाङले धेरै वर्ष अगाडिदेखि चुनावी भाषण बनेको यो सडक अब भाषणमा मात्रै नभई काम गरेरै देखाउनेगरी अघि बढेको बताउनुभयो । अब जनताले कुरामा नभई काममा विश्वास गर्ने बताउँदै सडकलाई प्राथमिकता दिएर काम गर्ने जनता माझ गरेको प्रतिबद्धता पुरा गर्ने क्रममा यो सडक शिलान्यास भएको धारणा दावी गर्नुभयो । साथै सडक निर्माणका लागि स्रोत सुनिश्चित गर्न सहयोग गर्ने सबै प्रति आभार पनि व्यक्त गर्नुभयो । मन्त्री तामाङले प्रदेश सरकारले सडक सञ्जाल विस्तारलाई प्राथमिकतामा राखेको बताउँदै यो सडकले मेलम्ची क्षेत्रको आर्थिक र सामाजिक विकासमा ठूलो टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो । विशेषत पाँचपोखरी थाङपाल गाउँपालिकाको लाइफलाइनको रुपमा रहेको यस सडकको ३२ किलोमीटर क्षेत्रलाई पुरा गर्नेगरी आफु लागि परेको बताउनुभयो । सडक,सिंचाइ,पुल लगायत यहाँको भौतिक तथा समाजिक विकासको लागी आफुले निरन्तर पहल गरिरहेको मन्त्री तामाङले बताउनुभयो ।

कार्यक्रमका बिशेष अतिथि मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले लामो समयदेखि बन्न नसकेको यस सडक धेरै प्रयासपछि बन्न लागेको बताउनुभयो । सबैको अथक प्रयास पछि बजेट पार्न सफल भएको बताउँदै कसैले पनि व्यक्तिगत तथा पार्टीगत रुपमा जस लिन जरुरी नरहेको प्रमुख तामाङको तर्क थियो । पर्यटकीय धार्मिक स्थल पाँचपोखरी पुग्ने मुख्य बाटोको रूपमा रहेको यो सडक पाँचपोखरी तथा मेलम्ची नगरको मात्रै नभई सबै नेपालीहरूको भएको धारणा व्यक्त गर्नुभयो । साथै यस सडकका कारण मेलम्ची नगरपालिकाले धेरै आलोचना खेप्नु परेको बताउँदै छिटोभन्दा छिटो सहज यात्राको वातावरण बनाउने प्रतिबद्धता समेत जनाउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले आफ्नो गाउँपालिकाको लाइफ लाइनको रुपमा रहेको सडक कालोपत्रेका लागी आज शिलान्यास गर्न पाँउदा खुशी लागेको बताउनुभयो । उहाँले पुर्व भौतिक पुर्वाधार मन्त्री युवराज दुलाल,अमन मास्के,कृष्णकुमार तामाङ समिर लगायत आफुहरुको लगातारको मिहेनत र संघर्ष पश्चात् आज गौरवको योजनाको सुरुवात भएको बताउनुभयो ।

आर्थिक वर्ष २०८२/८३ मा बागमती प्रदेश सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय, सिन्धुपाल्चोक चौतारा बाट ईफाता/गेहेन्द्र जे.भी. सँग ९ करोडको ठेक्का सम्झौता गरी संचालन गर्न लागिएको सो सडक परियोजनाले स्थानीय बासिन्दालाई सहज आवागमन र बजार पहुँच प्रदान गर्नेछ ।पुर्वाधार विकास कार्यालय सिन्धुपाल्चोकका प्रमुख इन्जिनियर प्रकाश पौडेललो अध्यक्षतामा सम्पन्न कार्यक्रममा मेलम्ची वडा नम्बर १० का अध्यक्ष अमृत खनाल, वडा नम्बर ९ का अध्यक्ष किरण दिप खड्का लगायत पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकाका जनप्रतिनिधिहरू, स्थानीय लगायतको बाक्लो सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार

मेलम्चीको गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर, नगरप्रमुख तामाङले थप यस्ता कार्यक्रम निरन्तर दिन आग्रह 

हेलम्बुमा स्वास्थ्य शिविर शुरु

पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा बाह्रबिसे नगरपालिकाले पायो दमकल

पानीमा भिज्दै लाइन लागेर दर्शन गर्दै भक्तजनहरु 

तिन ठुला उद्योगको महसुल भुक्तान,जगदम्बा स्टिलले आनाकानी गर्दै 

निरन्तर वर्षाका कारण किसानलाई धान भित्र्याउन हम्मेहम्मे वर्तमान सरकार मौन 

ताजा अपडेट
  • मेलम्चीको गुफाडाँडामा निःशुल्क स्वास्थ्य शिविर, नगरप्रमुख तामाङले थप यस्ता कार्यक्रम निरन्तर दिन आग्रह 

  • हेलम्बुमा स्वास्थ्य शिविर शुरु

  • पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा बाह्रबिसे नगरपालिकाले पायो दमकल

  • बागमती प्रदेशका खानेपानी,उर्जा तथा सिँचाइ मन्त्री कृष्ण कुमार तामाङ् द्वारा तिपेनी,भोताङ देखि मेलम्ची सम्मको सडक निर्माण कार्यको शिलान्यास

  • पानीमा भिज्दै लाइन लागेर दर्शन गर्दै भक्तजनहरु 

  • तिन ठुला उद्योगको महसुल भुक्तान,जगदम्बा स्टिलले आनाकानी गर्दै 

हुलाक पत्र डट कमका लागि
पाल्चोकी मिडिया नेटवर्क प्रा.लि.
कम्पनि दर्ता नं.: ३७२९४४/८२/८३
सूचा बिभाग दर्ता नम्बर: अपडेट हुदै…..

प्यान नम्बरः ६२२४२२६१५

हाम्रो टिम

प्रबन्ध निर्देशकः दिनेश भण्डारी

सह-सम्पादकः दिपक कार्की

संम्बाददाताः जनार्दन नेपाल

हाम्रो बारे

पाल्चोकी मिडिया नेटर्वक द्वारा संचालित हुलाक पत्र डट कम एक नेपाली अनलाइन प्लेटफर्म हो, जसले नेपाली समुदायलाई विभिन्न सेवाहरू र जानकारी उपलब्ध गराउँछ। यो वेबसाइट नेपालीहरूलाई दैनिक आवश्यक जानकारी, अवसर र स्रोतहरू सजिलै प्राप्त गर्नका लागि एक विश्वासिलो प्लेटफर्मको रूपमा कार्य गर्दछ।

सामाजिक संजाल

Hulak Patra

© 2025: Hulak Patra All Rights Reserved