दिनेश भण्डारी – अहिलेको समय भनेको सयौं किसानहरूले लगाएको धानबाली भित्र्याउने समय हो। तर यस्तो अवस्थामा करिब ३ दिनदेखि परिरहेको अविरल वर्षाका कारण लाखौं किसानहरुले आफ्नो खेतमा झुलेका धानहरूलाई घरमा भित्र्याउन निकै शास्ती भएको छ यस्ता वेमौसमी झरिका कारण किसानहरूलाई धान तथा नगदे बालीहरूबाट धेरै नोक्सानी भएको छ ।


यसमा सम्बन्धित सरकारी निकायहरुले किसानहरुका लागि केही राहतको व्यवस्था गर्नुपर्छ। किसानहरू भन्ने गरेका छन् मानो रोपेर मुरी भित्र्याउने समयमा यसरी परेको अविरल वर्षाले किसान हरू निकै मर्कामा परेको देखिन्छ। देशै भरि परेको पानिका कारण सबै खेतमा धान काट्ने निनहालेको अबस्थामा खेतकै गह्रमा डुबेको देख्न सकिन्छ
।







