सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–२ बरुवामा रहेको ‘सङ्क क्षेलिङ गुम्बा’मा कङ्ग्युर अक्षय कोष स्थापना गरिएको छ ।भूकम्पले भत्काएपछि जनश्रमदानबाट ३ करोड लागतमा निर्माण भएको गुम्बामा कङ्ग्युर अक्षय कोष स्थापना गरिएको हो । सो गुम्बाका प्रमुख लामा छेवाङ ग्याल्वो लामाका छोरि ज्वाइ पुजन थापाको परिवार बाट स्वर्गीय पिता प्रेमकुमार थापाको सम्झनामा (कङ्ग्युर)अक्षय कोष स्थापना स्वरुप ५ लाख र रङजुङ लामा बाट १ लाख सहित अक्षय कोष स्थापना भएको हो ।


यो कोषको रकम त्रीपिटकमा हुने १०८ वटा ठेलीलाई बार्षिक रुपमा बाचन गर्नको लागी प्रयोग गरिने बरुवाका पुर्व वडा अध्यक्ष पासाङ स्याङबाले जानकारी दिनुभयो । अहिले सुरुवात गरिएको कोषलाई बिस्तारै बढाउदै जाने गुम्बा विकास समितिले जनाएको छ ।
४८ घर गुठी रहेको गुम्बा १ रोपनी जग्गामा निर्माण भएको छ। बौद्ध धर्म अनुसारका हरेक संस्कार गर्नका बौद्धमार्गीलाई लक्षित गर्दै गुम्बा निर्माण सुरु गरिएको गुम्बा निर्माणमा देश विदेशमा रहेका दाताबाट प्राप्त भएको सहयोग र जनश्रमबाट गुम्बा निर्माण गरिएको हो ।







