सिन्धुपाल्चोक -यहि कात्तिक ५ गते मेलम्ची बजारमा भएको आगलागीबाट पूर्णरूपमा क्षति पुगेका अधिकारी फेन्सी स्टोर तथा सङ्गै रहेको धनलक्ष्मी ज्वेलर्स का पीडित व्यवसायीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ।



मेलम्ची नगर उद्योग वाणिज्य संघको आव्हानमा आज दिउँसो सम्म आठ लाख चौँतिस हजार एक सय एकाउन्न रुपैयाँ संकलन भएको संघले जनाएको छ।
उक्त रकममध्ये चास हजार रुपैयाँ धनलक्ष्मी ज्वेलर्स का प्रोप्राइटर रोशन सुनारलाई र बाँकी सात लाख चौरासी हजार एक सय एकाउन्न रुपैयाँ अधिकारी फेन्सी स्टोर का प्रोप्राइटर दिनेश अधिकारीलाई हस्तान्तरण गरिएको संघका महासचिव तारा बानिँयाले जानकारी दिनुभयो ।कार्यक्रममा मेलम्ची नगर उद्योग बाणिज्य संघका अध्यक्ष पुष्करप्रसाद धिताल, लगायत पदाधिकारी , सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रकाश दाहाल लगायतको उपस्थिति रहेको थियो ।







