सिन्धुपाल्चोक -यहि २०८२ असोज २ गतेका दिन मेलम्ची–६ स्थित श्री जागेश्वरी आधारभूत विद्यालय मानेभन्याङमा विद्यालय भित्रै बालबालिकालाई आफ्नै किचेन गार्डेन भित्रै उत्पादन भएका स्वस्थ र अर्गानिक दिवा खाजा खुवाउँने उद्देश्यले नमुना किचेन गार्डेन विद्यालयको अग्रसरतामा निर्माण गरिएको छ । आज विद्यालयमा रहेको सबै विद्यार्थीहरु, शिक्षकहरु , विव्यस तथा पिटिए प्रतिनिधीहरु समेतको अग्रसरतामा विद्यालयमा रहेको आफ्नै जग्गामा मौषमी तरकारीका विभन्नि जातका विरुवाहरु रोपण गरि नमूना किचन गर्डेन निर्माण गरियो । ३५ फिट लम्बाई र २० फिट चाडाई भएको ठूलो फलामे टनेलको उत्पादनबाट त्यस विद्यालयमा अध्यानरत करिब १३५ जना विद्यार्थीहरु र शिक्षकहरु समेतलाई वर्षभरि तरकारी खान पुग्ने गरि निर्माण भएको किचन गार्डेनको सबैको क्रियासिल सहभागितामा अभिमुखिकरण शेसन सहित प्रयोगात्मक रूपमा करेसावारी तयार गर्ने, रोप्ने तरीका यसका गोडमेल र संरक्षण गर्ने तरिका लगायतका बारेमा विद्यालय (फोकल शिक्षक) तथा किचेन गार्डेनका संयोजक ः लालबहादुर अर्यालबाट जानकारी गराइएको थियो ।
चाईल्ड रेस्क्यु नेपाल र साझेदारी नेपालको सहयोगमा तयार भएको यो किचन गार्डेनमा पलामे टर्नन स्थापना, विभिन्न जातका विउ तथा पलविउहरु, कृषि औजारहरु, करेसाबारी व्यवस्थापन तथा सञ्चालनका आवश्यक खर्च र नियमित प्राविधिक सहयोग गर्ने गरि विद्यालयमा नमूना किचेन गार्डेन तयार गरिको जनाकारी साझेदारी नेपालका सल्लाहकार ः पुरुषोत्तम घोरासैनी, र कार्यक्रम अधिकृतहरु ः पुष्पा भणरीले जानकारी दिनु भएको छ ।


विद्यालयले आफ्नै जग्गामा तयार गरिएको किचेन गार्डेनले बालबालिकाको विशेषत दलीत तथा जनजातीका बालबालकिाहरुले स्वच्छ र ताजा तरकारी खान पाउँनेछन र विद्यालय नियमित आउँन रमाउँने छन् र तयारी विस्कुट र चाउचाउ अध्यधिक खाने वानी समेत हट्दै जानेछ भन्ने पूर्ण अपेक्षा राख्दै आफनै विद्यालयमा स्थापना भएको किचन गार्डेनको संरक्षण र रेखदेख गर्ने , विद्यार्थी, शिक्षक तथा अभिभावकहरू परिचालन गर्ने प्रतिबद्धता विद्यालयका प्रधानाध्यापक बल बहादुर तमाङले प्रतिवद्धता जनाउँनु भएकोछ ।







