दिनेश भण्डारी- विगत लामो सामय देखि गित संगितमा आफ्नो छुट्टै पहिचान बनाएका दिनेश श्रेष्ठ ले चार्ड पर्व तथा सदावाहार गितमा आफ्नो बलियो छाप लगाएका छन् । यसै सिलशिलामा २०८२ सालको शुभकामना सहित ”रातो भाले दशै दशैलाई” सार्वजानिक गरेका छन्, गरिवि र पर्देदिको कथामा आधारित रहेर गीतको शब्द सृजना गरेका छन् । दिनेश श्रेष्ठको मन छुने शब्द सृजना भित्र कृष्ण लामिछानेको मान नोभ्याउने संगितमा दिनेश श्रेष्ठ,गोकुल ढकाल र संगिता ढुङ्गेलको सुमधुर आवाजमा गितको अडियो तयार भएको छ ।
गोकुल ढकाल र खुसि भट्टराई को अभिनय रेहेको भिडियो निरेन श्रेष्ठको निर्देशन मा सजियको छ । सुनिल भण्डारीको छाँयाकन र राजकुमार मगरको संपादन रहेको उक्त म्युजिक भिडियो गोकुल ढकाल नामक युट्युव च्यानल बाट सार्वजानिक भएको छ ।









