सिन्धुपाल्चोक-आर्थिक वर्ष २०८१/८२ का लागि नगरपालिका स्तरमा सञ्चालित स्वास्थ्य कार्यक्रमहरूको दुई दिने वार्षिक समीक्षा गोष्ठी शुक्रबार सम्पन्न भएको छ।
नगरप्रमुख श्री आइतमान तामाङज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरभित्रका सम्पूर्ण स्वास्थ्य संस्थाहरूले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आफ्ना उपलब्धि र चुनौतीहरूबारे समीक्षा गरेका थिए। साथै, आगामी दिनमा अझ प्रभावकारी स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक सुधारका उपायहरूमा प्रतिवद्धता जनाइएको थियो।


समापन सत्रमा प्रमुख प्रशासकीय अधिकृत श्री निमेष मिश्र, जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका अधिकृत प्रणव गिरी, नर्सिङ अधिकृत लक्ष्मी तामाङ लगायत नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मीहरू सहभागी भएका थिए। सो गोष्ठीमा करिब ३० जना सरोकारवालाहरुको सक्रिय सहभागिता रहेको थियो।







