काठमान्डौं-प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तालिका सार्वजानिक राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा सांघाई सहयोग संगठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुहुने कार्यतालिका सार्वजनिक भएको छ ।
प्रधानमन्त्री ओलिले चीनका राष्ट्रपति सी चिनफिङसँग तिआन्जिनमा भेटवार्ता गर्नुहुनेछ । उहाँले सेप्टेम्बर १ मा तिआन्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ । यस्तै, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुहुनेछ ।


प्रधानमन्त्री ओली सो शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमणविरूद्धको प्रतिरोध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८०औँ वार्षिकोत्सवमा सहभागिता जनाउन आगामी भदौ १४ गते चीनतर्फ प्रस्थान गर्नुहुने परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।प्रधानमन्त्री ओलीले सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा सहभागिता जनाउनुहुनेछ । प्रधानमन्त्री ओली भदौ १८ गते स्वदेश फर्कनुहुनेछ ।







