सिन्धुपाल्चोक-नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ को आयोजनामा वागमती प्रदेश सरकारका मुख्यमन्त्री एवं नेपाली कांग्रेस वागमती प्रदेश सभापति माननीय इन्द्र बहादुर वानियाँ, आर्थिक मामिला तथा योजना मन्त्री माननीय प्रभातमान तामाङ र खानेपानी, उर्जा तथा सिचाइ मन्त्री माननीय कृष्ण कुमार तामाङको सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।

सभापति आइतमान तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जंग बहादुर लामाको विशेष उपस्थिति सहित कांग्रेसका विभिन्न तह तप्काका नेताहरूको गरिमामय उपस्थिति रहेको थियो, जसका कारण कार्यक्रम अझ भव्य र सार्थक बनेको थियो ।

प्रतिक्रिया







