सिन्धुपालचोक-मेलम्ची नगरपालिका–७, दुवाचौर का ११ वर्षीय ससाङ तामाङले थाइल्यान्डमा सम्पन्न आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप–२०२५ मा उत्कृष्ट प्रदर्शन गर्दै सिल्वर मेडल (रजत पदक) जितेका छन्।



यससँगै उनले जिल्लासँगै देशको नाम उज्यालो पारेका छन्। मेलम्ची नगरपालिकामा विशेष सम्मान गर्दै आजको कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशको मुख्य मन्त्री इन्द्र बहादुर बानियाँले सम्मान पत्र प्रदान गर्नुभयो । अगस्ट ९ र १० तारिखमा भएको प्रतियोगितामा नेपालका प्रतिनिधि बनेका ससाङले पाँचौ ग्रुपमा प्रतिस्पर्धा गर्दै उपविजेताको स्थान सुरक्षित गरे। २८ देशका करिब ३,८०० खेलाडीबीचको प्रतिस्पर्धामा उनले अद्भुत आत्मविश्वास र प्राविधिक कौशल प्रदर्शन गरेका थिए ।







