सिन्धुपाल्चोक — फोटो एउटा दृश्य हो, तर कहिलेकाहीँ त्यो दृश्यभन्दा गहिरो अनुभूति बोकेका अनुभूतिपूर्ण पेशा फोटो पत्रकारितालाई अझै जिम्मेवार, अनुशासित र विश्वासनीय बनाउने दृढ अठोटसहित राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (NFPJ) सिन्धुपाल्चोकको प्रथम भेला शुक्रबार सदरमुकाम चौतारामा सम्पन्न भयो।



सादा शब्दहरूमा बोलिएको मन्तव्य, क्यामेराले खिचिएको मौनता, र जिम्मेवारीको गह्रौँ स्पर्श र भावनाले भरिएको त्यो भेलाले अध्यक्षमा विजय नेपाल, उपाध्यक्षमा मानकाजी तामाङ, सचिवमा सागर खड्का, कोषाध्यक्षमा प्रेमबहादुर लामा र सदस्यमा सुजन श्रेष्ठलाई सर्वसम्मत रूपमा चयन गर्दै नयाँ नेतृत्वलाई अभिभारा सुम्पिएको छ।
सुन्दर शिरिसको सभापतित्वमा सम्पन्न भेलामा केन्द्रिय नेतृत्वको उपस्थिति मात्र थिएन, थुप्रै अनुभवी तथा युवा पत्रकारहरुको आत्मीय सहकार्यले त्यस क्षणलाई ऐतिहासिक बनाएको थियो । फोनिज बागमती प्रदेश अध्यक्ष युवराज श्रेष्ठ, नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक अध्यक्ष ध्रुव दंगाल लगायत जिल्लाभरिबाट उपस्थित पत्रकारहरूले नवनिर्वाचित नेतृत्वलाई शुभकामना दिनुका साथै फोटो पत्रकारिताको उज्यालो यात्रामा सहयात्रा बन्ने प्रतिबद्धता जनाएका थियो।







