काठमाडौं – पछिल्लो समय गीत संगीत को बजारमा खेम सेञ्चुरीको आवाज धेरै सुन्ने गरिन्छ । सेञ्चुरीले गाएका गीतहरू धेरै जस्तो नम्बर एकमा पर्ने गरेका छन्। गीत मात्र राम्रो भएर पनि बजारमा त्यति चलेको देखिँदैन यसका लागि म्युजिक भिडियो निर्देशनमा पनि उत्तिकै महत्वपूर्ण देखिन्छ। म्युजिक भिडियोमा व्यस्त रहेका निरेन श्रेष्ठले निर्देशन गरेको भिडियो हरू पनि उत्तिकै राम्रो र पारदर्शी देखिन्छ।
भर्खरै मात्र बजारमा एक जानकारीमा गीत आएको केही समयमा नै दर्शक हरूको रोजाइमा परेको छ भने सञ्चार माध्यममा एकपछि अर्को गर्दै गुञ्जिन थालेको देखिन्छ। खेम सेन्चुरी र दिपिका वयाम्बु मगरको सुमधुर आवाज रहेको छ भने माया पिरतिमा आधारित मन छुने शब्द संगीत खेम सेन्चुरीको रहेको छ । उक्त म्युजिक भिडियोमा LB दर्नाल,जुना बिश्वकर्मा र सम्झना श्रेष्ठको धमाकेदार अभिनय रहेको छ ।निरेन श्रेष्ठको म्युजिक भिडियो निर्देशक मा सजिएको म्युजिक भिडियो चक्र बहादुर बराल को छायांकन र बिष्णु खड्काको सम्पादनमा भिडियो निर्माण भई लोक चौतारी नामक युट्युब च्यानल बाट भिडियो सार्वजनिक भएको छ ।


पुरा भिडियो







