बलेफी – नेपाल तरुण दल बलेफी गाउँपालिकाको कार्यसमिति र वडास्तरीय इकाई समितिहरूको चयन एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। तरुण दल पालिका अध्यक्ष निराज तामाङको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा सिन्धु–काठमाडौं सम्पर्क समितिका अध्यक्ष सुभाष तिमल्सिनाले प्रमुख आतिथ्य ग्रहण गर्नुभएको थियो।
कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेशका सचिव रितेश तामाङ, बलेफी गाउँपालिकाकी उपाध्यक्ष सरु लामा तामाङ, तरुण दलका जिल्ला सचिव निशान लामा, क्षेत्रीय अध्यक्ष कुमार सिंह लामा, प्रदेश प्रतिनिधि लालकाजी तामाङ, बलेफी नेका सचिव हिरा लामा, बलेफी-७ का इकाई सभापति निरकुमार तामाङ लगायतको उल्लेख्य उपस्थिति रहेको थियो।

गाउँपालिका स्तरीय कार्यसमिति
-
अध्यक्ष: निराज तामाङ
-
उपाध्यक्ष: सुरज श्रेष्ठ र देवी ब. तामाङ
-
सचिव: सुमन तिमल्सिना
-
सहसचिव: सिर्जन सिलवाल खत्री र मिना तामाङ
-
सदस्यहरू: दिपक तामाङ, नारायण ठकुरी
वडास्तरीय इकाई समितिहरू
वडा नं. ३
-
अध्यक्ष: गोविन्द पाख्रीन
-
उपाध्यक्ष: सञ्चकुमार तामाङ
-
सचिव: मोहन गोले
वडा नं. ४
-
अध्यक्ष: अर्जुन ठकुरी
-
उपाध्यक्ष: प्रदीप नेपाल, नीर बहादुर तामाङ
-
सचिव: भरत कार्की
-
सदस्यहरू: सुजन कार्की, शारदा कार्की, नमराज खड्का, कुशल कार्की, अशलाल तामाङ, रविन विक, सन्तविर तामाङ
वडा नं. ५
-
अध्यक्ष: चिन बहादुर तामाङ
-
सदस्यहरू: बल बहादुर तामाङ, जमुना भुजेल, विकास भुजेल, विक्रम तामाङ, रुकेश श्रेष्ठ, नविना ठकुरी
वडा नं. ६
-
अध्यक्ष: सुजन तामाङ
वडा नं. ७
-
अध्यक्ष: लालकाजी पाख्रीन
वडा नं. ८
-
अध्यक्ष: लेख ब. तामाङ
-
उपाध्यक्ष: मनोज तामाङ, महेश तामाङ
-
सचिव: विज्ञान श्रेष्ठ
-
सहसचिव: लोक बहादुर तामाङ
-
कोषाध्यक्ष: रुपा रायमाझी
-
सदस्यहरू: रमेश तामाङ, रघु तामाङ, बुद्ध तामाङ, पासाङ तामाङ, निरमाया तामाङ
कार्यक्रमले संगठन विस्तार र युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्दै पार्टीको जरा स्थानीय तहमा अझै बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो। नयाँ कार्यसमितिहरूले संगठन सुदृढीकरण, नेतृत्व विकास र सामाजिक उत्तरदायित्वमा केन्द्रीत रहेर काम गर्ने उद्घोष गरेका छन्।








