
काठमाडौँ — माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्ध अब फौजदारी अनुसन्धान अघि बढ्ने भएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले १४ वर्षअघि दायर रिटहरूमाथि सुनुवाइ गर्दै सापकोटाविरुद्ध ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान गर्न सरकारलाई परमादेश दिएको हो।
सापकोटा सूचना तथा सञ्चारमन्त्री रहेका बेला मानवअधिकारकर्मी कनकमणि दीक्षितसहितले उनलाई मन्त्रीबाट हटाउन र काभ्रे जिल्ला अदालतमा मुद्दा चलाउन माग गर्दै रिट दायर गरेका थिए। त्यसपछि अर्जुन लामा हत्या प्रकरणमा सापकोटाविरुद्ध मृतककी पत्नी पूर्णिमाया लामाले दिएको जाहेरीको अनुसन्धान गरिनुपर्ने मागसहित अर्को रिट १३ वर्षअघि दायर भएको थियो। त्यस्तै, २०७२ सालमा सुशील प्याकुरेलसहितका मानवअधिकारकर्मीले पनि मुद्दा अघि बढाउन छुट्टै निवेदन दिएका थिए।
यी तीनै रिटमाथि संयुक्त सुनुवाइ गर्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नेतृत्वमा रहेको संवैधानिक इजलासले सापकोटाविरुद्ध फौजदारी अनुसन्धान गर्न आदेश जारी गरेको हो। इजलासमा न्यायाअगagniधीश सपना मल्ल प्रधान, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडाल पनि सहभागी थिए।