
काठमाडौं : त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।
यसैबीच, कान र आँखालाई आनन्द दिने नेपाली संगीतप्रेमीहरूका लागि गायक बासुदेव मिश्र र गायीका मन्दिरा मिश्रको स्वर रहेको गीत ‘बाचा गर माया’ सार्वजनिक भएको छ । यस गीतको म्युजिक भिडियो ‘उनको आफ्नै युट्युब च्यानल देवासु अफिसियल बाट सार्वजनिक गरिएको हो ।
गित नेपालको भुगोल सुहाउँदो तरिकाले प्रस्तुत गरिएको छ । भिडियोमा नेपालको ग्रामिण परिवेष र बेरोजगारीको अवस्थालाई देखाउन खाजिएको छ । गीतको शब्द लेखन र संगीत गायक बासुदेव मिश्र आफैँले गरेका हुन् ।
मिलन श्रेष्ठले निर्देशन गरेको उक्त म्युजिक भिडियोमा जुना थापा र स्वयम् मिश्रको अभिनय रहेको छ । भिडियोको सम्पादन र रङ्ग संयोजन निर्देशक श्रेष्ठले नै गरेका छन् । गायक मिश्र सशस्त्र प्रहरी बलमा प्रहरी निरिक्षक पदमा कार्यरत छन् ।गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ ‘बाचा गर माया’ ले श्रोतामाझ उत्कृष्ट चर्चा बटुल्ने अपेक्षा गरिएको छ।
हेर्नुस भिडियो……