काठमाडौं, १८ फागुन । प्रेस सेन्टर नेपाल एसोसिएट प्रदेश समितिको अध्यक्षमा मोहनजंग कार्की निर्वाचित भएका छन्। काठमाडौंमा आइतबार सम्पन्न दोस्रो अघिवेशनले कार्कीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित गरेको हो।
कार्यसमितिको खुला उपाध्यक्षमा मुकुन्द लामिछाने चुनिएका छन् भने उपाध्यक्षहरुमा मीना अर्याल र दुर्गा दाहाल सर्वसम्मतिले चुनिएका छन्। महासचिवमा भने चलचित्र पत्रकार सुमन बैरागी निर्वाचित हुँदा सचिवमा सुमित्रा कार्की, निकेश बराल, सुजन थापा (सुजल) र कोषाध्यक्षमा रमेश कडायत सर्वसम्मतिले निर्वाचित भएका छन्।

कार्यसमिति सदस्यहरुमा भने उज्जल पौडेल, सुजन खरेलसहित अधिवेशनले १७ सदस्यीय प्रदेश कार्यसमिति चयन गरेको छ। आइतबारको अधिवेशनले विभिन्न विधागत शाखा समितिहरु समेत चयन गरेको छ। जस अनुसार सेन्टरको शिक्षा पत्रकार शाखाको अध्यक्षमा राजीव भट्टराई चुनिएका भने आर्थिक पत्रकार शाखाको अध्यक्षमा धिरज पौडेल र उपाध्यक्षमा कमला भुसाल चयन भएका छन्।
यसैगरी अनलाइन पत्रकार शाखाको अध्यक्षमा भिमसेन अधिकारी, उपाध्यक्षमा सिम्रन खड्का र चलचित्र पत्रकार शाखाको अध्यक्षमा विजय आवाज, उपाध्यक्षमा ओमा कार्की चयन भएका छन्।
अधिवेशनले फोटो पत्रकारको संयोजकमा शंकर गिरी र खेलकुद पत्रकार शाखाको संयोजकमा सुजन थापा (सुजल)लाई जिम्बेवारी दिने निर्णयसमेत गरेको छ।







