
धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गल्छी गाउँपालिका समिति अन्तर्गत वडा नम्बर ४ को वडा भेला सम्पन्न भई नयाँ वडा समिति सर्वसम्मतिले गठन गरिएको छ।
वडा भेलामा रास्वपा केन्द्रीय संगठन विभाग सदस्य कृष्णमान श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो भने प्रदेश समिति सदस्यहरू ध्रुव कुमार रेग्मी र राजन अर्याल, जिल्ला समिति सभापति सुर्यमणी पाठक विशेष अतिथि रहनुभएको थियो। साथै, जिल्ला तथा गाउँपालिका समितिका विभिन्न पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नवगठित वडा समिति
वडा भेलाले सर्वसम्मत निर्णय गर्दै निम्नानुसार वडा समिति चयन गरेको छः
पदाधिकारीहरू:
सभापति – कुमार खड्का
उपसभापति – अस्मिता खड्का अधिकारी
सचिव – अर्जुन अधिकारी
सदस्यहरू:
सानुबाबु खड्का
नारायण खड्का
राम बहादुर अधिकारी
सन्तोष खड्का
दिपक सुबेदी
रामकृष्ण बिंसुन्के
प्रकाश परियार
रमेश भण्डारी
सल्लाहकारहरू:
कृष्ण बहादुर अधिकारी
राम खड्का
ईश्वर भण्डारी
RAT संयोजक चयन
वडाको RAT संयोजकमा नारायण भण्डारी चयन हुनुभएको छ।
वडा भेलामा उपस्थित नेता तथा कार्यकर्ताहरूले नवगठित वडा समितिलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सहभागीहरूका अनुसार रास्वपा स्थानीय तहमा बलियो संगठन निर्माण गर्दै अघि बढ्ने प्रतिबद्धताका साथ क्रियाशील रहनेछ।